काठमाडौं । पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ।
मुग्लिनबाट पोखरा जाँदै उक्त बस आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन । मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइते हुनेमा १० वर्षे असिमा साही, २१ वर्षे सविता सुनार, १९ वर्षे सबिना सुनार, ३० वर्षे प्रदीप गोदार, ४० वर्षे सुरन राई, ३४ वर्षे पिल्लिमाया थापा, ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ, २० वर्षे स्नेहा श्रेष्ठ, २१ वर्षे एन्जल भट्टराई, ४१ वर्षे पूर्णबहादुर गुरुङ,२६ वर्षे बबिता थापा, ३० वर्षे नवीन थापा, १२ वर्षे दुर्गा थापा, सातवर्षे नवीना थापा, ४० वर्षे दीपा थापा, ५० वर्षे सुमित्रा राई, ३६ वर्षे जुनु भट्टराई र आठवर्षे पूर्णिमा भट्टराई घाइते भएका छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।