काठमाडौँ। जानकी मेडिकल कलेज एण्ड हस्पिटल (जेएमसि) जनकपुरले १५ डिसेम्बर, २०२३ मा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालको सहकार्यमा ग्राउंडब्रेकिंग कन्टिन्युअस मेडिकल एजुकेशन (सि एम इ) कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा डा. रमेश आचार्यका साथै नेपालका स्वास्थ्य सेवा परिदृश्यको महत्वपूर्ण भूमिकाको खोजी गर्न प्रख्यात चिकित्सा व्यवसायी, विद्यार्थी र स्थानीय समुदायका सदस्यहरू भेला भएका थियो।
जानकी मेडिकल कलेजमा सवै प्रकारको विषेशज्ञ सेवा प्रदान गर्दै आएको जेएमसिका निर्देशक डा. धर्मदत्त सुवेदीले जानकारी दिए । उक्त कार्यक्रममा डा. सुवेदीले वर्षको अन्तरंग तथा वहिरंग सेवा गरेर १ लाखलाई स्वास्थ्य उपचार सेवा दिने गरेको बताए । साथै दैनिक रुपमा ३ सय देखि ४ सय जनाले स्वास्थ्य सेवा लिदै आएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा चितवन मेडिकल कलेज (सीएमसी)का निर्देशक डा. दयाराम लम्साल र बीपीका सहप्राध्यापक डा. फनेन्द्र प्रसाद गुप्ता लगायत वक्ताहरूले सामान्य अभ्यास र आकस्मिक चिकित्साका विषयमा विभिन्न विश्लेषण प्रस्तुति दिएका थियो ।
कार्यक्रममा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालका केन्द्रीय महासचिव डा. विश्वराज दवाडीले सि एम इ कार्यक्रमले शैक्षिक ज्ञान र वास्तविक-विश्व स्वास्थ्य सेवा अभ्यासहरू बीचको खाल्डोलाई कम गर्न जोड दिएका छन्। सि एम इ कार्यक्रमले विद्यार्थीहरूलाई नेपालभर पहुँचयोग्य र उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनमा नरल जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालको महत्वपूर्ण भूमिकाको बारेमा कार्यक्रममा प्रस्ट पारेका थिए।
जानकी मेडिकल कलेज एण्ड हस्पिटल र जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालको प्रतिबद्धता नेपालमा सबैका लागि स्वास्थ्य सेवालाई पहुँचयोग्य र विश्वस्तरीय बनाउन सबै मिलेर काम गरौं भने उदेश्यका साथ सि एम इ कार्यक्रम सुरु गरेका हुन् ।