काठमाडौं - महिलामा धेरै देखिने स्वास्थ्य समस्यामध्ये पाठेघरसम्बन्धि समस्या एक हो । धेरैजसो महिलाको पाठेघरमा मासु पलाउने संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुने गर्छ ।
पाठेघरमा मासु पलाउने समस्या करीब २० देखि २२ प्रतिशत महिलामा हुन्छ । यस्तो मासु पलाउँदा पेट दुख्ने, पेट फुलेजस्तो हुने महिनावारीमा बढि रक्तस्राब हुने गर्छ । यो समस्या सबैमा एउटै कारणले हुदैँन । धेरैजसोमा खानपान, सरसफाईको कमी, बंशानुगत र वातावरणिय कारणले हुने गर्छ ।
पाठेघरमा मासु पलाउँदा लामो समयसम्म कुनै लक्षण नै नदेखिन पनि सक्छ । लक्षण देखिए पनि सबैमा एकै प्रकारको नहुन सक्छ । व्यक्तिको शारीरिक क्षमता र पलाएको मासुको प्रकृती अनुसार फरक पर्न सक्छ । सामान्यतय देखिन लक्षण यस्ता छन् ।
पेट ठुलो हुदैँ जाने
पेट दुख्ने
महिनावारी हुदाँ बढि रक्तस्राब हुन
धेरै दिनसम्म रगत बग्ने
शरीर आलस्य हुने
रिगँटा लाग्ने
खाना अरुची हुने
बान्ता हुने
सेतो गन्हाउने पनी बग्ने
शररिमा रगतको कमी हुने
मासु ठुलो भएमा बच्चा नबस्ने
पहिला ४५ बर्ष नाघेका महिलामा मात्र पाठेघरको समस्या देखिन्छ भन्ने गरिन्थ्यो तर अहिले कलिलो उमरेका महिलामा पनि देखापर्न थालेको छ ।
किशोरीमा महिनावारी र अन्य अन्य समयमा गुप्तांग सरसफाईमा ध्यान नदिनाले
एक भन्दा बढि व्यक्तिसँग यौन सम्पर्क राख्दा
सुत्केरी अवस्थामा सरसफाईमा ध्यान नदिदाँ पाठेघर सम्बन्धि समस्या देखिन सक्छ । यो समस्या बढ्दै गएमा पाठेघर फाल्नुपर्ने पनि हुनसक्छ ।
यो समस्या बिशेषगरी महिनावारी सुकेको महिलामा बढि देखिने गर्दछ । पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर फाल्नु पर्दैन । यसको उपचार अन्य तरीकाबाट पनि गर्न सकिन्छ । महिलाको उमेर, पाठेघरमा पलाएको मासुको आकारप्रकार र यसले गर्न सक्ने बाधा अनुसार उपचार गर्नुपर्ने हुन्छ ।
पाठेघर फ्याँकिसकेपछि कमजोरी हुने र हर्मोनमा गडबढि हुनसक्ने भएकाले सन्तुलित खानपान, सरसफाई व्यायममा सन्तुलन मिलाउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन र परिक्षण गराउनुपर्छ ।
बच्ने उपाय
कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो । पाठेघरमा मासु पलाउने समस्यामा यस्ता बिषयमा ध्यान दिएमा बच्न सकिन्छ ।
समय समयमा पाठेघरको परिक्षण गरिरहने
गुप्तागं सधैँ सफा राख्ने
कम उमेरमा बच्चा नजन्माउने
असुरक्षित गर्भपतन नगराउने
धेरैसँग यौन सम्पर्क नगर्ने
स्वस्थ्य र सन्तुलिन खानपान गर्ने