काठमाडौँ । कर्णाली प्रदेशमा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको सुर्खेत अस्पताल एक गैर सरकारी अस्पताल हो । बिगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको यस सुर्खेत अस्पतालले बिरामी मैत्री भएर काम गर्दै आएको छ । स्थानीय तथा कर्णाली प्रदेश का अन्य जिल्ला बाट उपचारमा आउने बिरामिका लागि स्वास्थ्य सेवा दिने लक्ष्यका साथ सुर्खेत अस्पतालको स्थापना गरिएको हो।
अस्पताल प्रबन्ध निर्देशक रवि सापकोटाका अनुसार यो अस्पताल निजी हो तर स्वास्थ्य सेवा जुनसुकै वर्गका मानिसहरुको पहुँचमा हुनुपर्छ भन्ने लक्ष्यका साथ सुर्खेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । १५ जनाको टिम बाट सुरु भएको यस अस्पतालमा हाल १५ बेड ५० भन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मिले सेवा दिदै आएका छन ।
अस्पताल प्रबन्धक भक्तबहादुर शाहीका अनुसार दैनिक हाराहारि ८० जनाको संख्यामा बिरामीहरु ओपीडी उपचारका लागि आउने गरेका छन् भने ४-५ जना को हाराहारीमा बिरामीहरु इमर्जेन्सीमा आउने गरेका छन् । गर्मीको समयमा भने बिरामी संख्या ह्वातै बढ्दा बेड अभावको स्थिती समेत आउने गर्छ ।
स्थापना कालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि काम गरिरहेको यस अस्पतालले मध्यम शुल्कमा स्तरीय सेवा दिइरहेको छ । विस्तारै अस्पतालले बढाउँदै गएको विशिष्टीकृत उपचार सेवालाई मध्यनजर गर्दै विशेषगरी यस क्षेत्रका मानिसहरुले सुर्खेत अस्पताललाई स्वास्थ्य सेवाका एक महत्वपूर्ण गन्तव्य बनाउँदै आएका छन् ।
स्वास्थ्य संस्थाहरुले दिने स्वास्थ्य उपचार प्रायस् एकनासको नै हुने गर्छ तर चिकित्सकको अध्ययन अनुसन्धान तथा अनुभवले त्यस अस्पतालले दिने स्वास्थ्य सेवा कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । कुनै पनि अस्पतालको भौतिक संरचनासँग स्वास्थ्य सेवा सम्बन्धित हुँदैंन । विशेष गरी यस क्षेत्रका मानिसहरुको रोजाईमा करिब एक दशकदेखी सुर्खेत अस्पताल परेको छ । लामो समयसम्म अस्पताल यहाँ रहन सक्नुको मुख्य कारण अस्पताल तथा कार्यरत्त कर्मचारीहरुले बिरामीप्रति गर्ने आत्मीय शिष्ट व्यवहार नै हो ।
अस्पतालका सेवाहरु
- ७ अै दिन ओपिडि सेवा
- २४ घण्टा इमर्जेन्सि सेवा
- २४ घण्टा फार्मेसि सेवा
- रंगिन भिडियो एक्सरे
- डिजीटल एक्सरे, मुटुको भिडियो एक्सरे
- अप्रेशन सेवा
- नाक कान घाँटी तथा अन्य विशेषज्ञ सेवा
- व्यवस्थित वाड, क्याबिन (एसि,डिलक्स)
- ल्याप्रोस्कोपिक सर्जरी
फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसुति,जनरल सर्जरीका बिरामी सुर्खेत बाहिर बिशेष गरि नेपालगन्ज, काठमाडौ र भारत का विभिन्न ठाउँ जानु नपर्ने गरि सस्तो र सुलभ सुल्कमा प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ कन्सलटेन्ट डॉक्टर बाट उपचारको व्यवस्था गरिएको छ । साथै वरिष्ठ अर्थोपेडिक सर्जन डा.विकास केसी द्धारा हाडजोर्नी सम्बन्धी जटिल शल्यक्रिया समेत गरिन्छ । साथै आगामि दिनमा बाल रोग, नाक कान घाँटी, छाला तथा यौन रोग, मनोचिकित्सक विशेषज्ञ समेतको सेवा पाईने छ ।
सञ्चालक समितीको चाहना भने मध्यम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको छ । भबिस्यमा अस्पताललाई सुपर स्पेसलिटि सेवा प्रदान गर्ने अस्पतालको रुपमा विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सधै प्रयासरत रहनेछ निर्देशक सापकोटाले बताए।