ग्यास्ट्रिक र अल्सरको सुरुवाति लक्षणहरु उस्तै हुने भएकोले धेरैले हेरचेक्राइ गरिरहेका हुन्छन् । के ग्यास्ट्रिक धेरै मात्रामा बिग्रेर गए अल्सर पनि हुन्छ ? के सबै अल्सर क्यान्सर हुन्छन् ? कस्ता व्यक्तिले इण्डोस्कोपी गराउने ? अल्सर हुन नदिन् के गर्ने ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका डीएम ग्यास्ट्रोरोलोजी डा. भुवनेश्वर यादवसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
साधारण भाषामा अल्सर भन्नाले पेटमा घाउ हुनु हो । अल्सर मुख देखि मल्द्वार सम्म कुनै पनि अंगमा हुन सक्छ । पेट तथा सानो आन्द्राको अल्सर लाई पेप्टिक अल्सर पनि भनिन्छ । पेटमा ब्याक्टेरियाको संक्रमणका कारण तथा गलत खानपान ,धेरै पिरो र मसालेदार,अस्वस्थ्यकर जीवनशैलीको कारण अल्सर हुने गर्छ । खराब खानपान र खाने शैलीका कारण धेरैलाई ग्याष्ट्रिक हुने गर्छ त्यहि ग्याष्ट्रिक बिग्रेर पछि गएर अल्सर रोग निम्त्याउछ ।
अल्सर जुन सुकै कारणले पनि हुनसक्छ ।अल्सरको मुख्य कारण पेटमा हेलिकोब्याक्टर पाइलोरी (H. pylori) नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ । यस्तो जीवाणु सर्ने तरिका फरक–फरक छन । खराब पानीका कारण यो जीवाणु सर्नसक्छ । चिकित्सकको सल्लाहबिना लामो समय सम्म एन्टिबायोटिक, पेनकिलर र स्टेराइडको औषधिको प्रयोग , मद्यपानको प्रयोग गर्नाले पेप्टिक अल्सर हुने गर्छ ।
पेप्टिक अल्सरलाई दुई भागमा विभाजित गरिन्छ ।
ड्यूडिनल अल्सर : सानो आन्द्रामा हुने अल्सर लाई ड्यूडिनल अल्सर भनिन्छ जुन खाली पेट हुँदा दुख्ने तर खाना खाए पछि आराम हुन्छ ।
ग्याष्ट्रिक अल्सर : पेटमा हुने अल्सर लाई ग्यास्ट्रिक अल्सर भनिन्छ जुन खाना खाएपछि पेट दुख्न सुरु हुन्छ ।
कारण
- ब्याक्टेरियाको संक्रमणले गर्दा ।
- चिकित्सकको सल्लाहबिना लामो समयसम्म दुखाई कम गर्ने अौषधि वा पेन किलर को प्रयोग गर्नाले ।
- दुशित खाना र पानिको प्रयोग गर्दा ।
- जंकफुड ,अत्याधिक पिरो, धूम्रपान, मद्यपान पदार्थको सेवन गर्दा ।
- पेटको इन्फेक्सनका कारण ।
ग्यास्ट्रिक र अल्सरलाई कसरि छुटयाउने ?
आमाशयको भित्री नली सुन्निनुलाई ग्यास्ट्राइटिस (ग्यास्ट्रिक) भनिन्छ । हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियाको संक्रमणले पेट वा आन्द्रामा घाउ हुनुलाई अल्सर भनिन्छ । ग्यास्ट्रिक र अल्समा सुर्वाती लक्षणहरु पेट दुख्ने, वान्ता हुने,भोक नलाग्ने हुन्छन् । तर अल्सर भए पछि दिसा कालो हुने, मुखबाट रगत जाने, हुन्छ । ग्यास्ट्रिक धेरै मात्रामा बिग्रेर गए अल्सर पनि हुन्छ । ग्यास्ट्रिक र अल्सर दुबै पेटको समस्या भएकोले लक्षणहरु उस्तै हुन जान्छन् ।
अल्सर भएको कसरि थाहा पाउने ?
ग्यास्ट्रिक र अल्सरको सुरुवाति लक्षणहरु उस्तै हुने भएकोले धेरैले हेरचेक्राइ गरिरहेका हुन्छन् । अल्सर गम्भीर भए वा समयमै उपचार नभए आन्तरिक रक्तश्राव लगायत समस्या देखिन थाल्छ । अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् ।
अल्सरका लक्षणहरु
- पेट दुख्ने
- छाती पोल्ने,
- अमिलो पानि आउने
- वान्ता हुने
- छिटो भोक लाग्नु वा खान मन नलाग्नु
- तौल घट्नु
- हेमोग्लोबिन कमी हुनु,
- कालो दिशा हुनु
कस्ता अल्सर क्यान्सर हुन्छन् ?
सबै अल्सर क्यान्सर हुदैन । ड्यूडिनल अल्सर (आन्द्रामा हुने अल्सर ) चाहि क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ । तर ग्याष्ट्रिक अल्सर (पेटमा हुने अल्सर) भने क्यान्सर हुने सम्भावना आन्द्रामा हुने अल्सरको तुलनामा बढि हुन्छ । तर पारिवारिमा कसैलाई क्यान्सर भएको छ भने पनि सम्भावना बढेर जान्छ ।
हाम्रो जीवनशैली जस्तै चुरोट खाने, जंकफुड अथवा लामो समय सम्म भण्डारन गरेर राखेको खाना खाने, अत्याधिक नुन ,पोलेको खाने कुराहरुले पनि क्यान्सर हुने सम्भावना बढाउँछ ।
कस्ता व्यक्तिले इण्डोस्कोपी गराउने ?
पेट दुख्दैमा सबैलाइ इण्डोस्कोपी गराउनु पर्छ भने हुदैन् । सुरुवाति लक्षणहरुमा छाती पोल्ने, अमिलो पानि आउने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएका छन र उमेर ५०/५५ भन्दा कम छ भने यस्तो अवस्थामा बिरामिहरुलाई दुई हप्ता लाई औषधि दिने गरिन्छ । त्यस पछि पनि बिरामी लाई आराम नभए इण्डोस्कोपी गरेर हेरिन्छ । ५०/५५ वर्ष माथिका व्यक्तिलाई भने सुरु इण्डोस्कोपी गरिन्छ ।
कस्ता व्यक्तिलाई इण्डोस्कोपी गराउने
- ५०/५५ वर्ष माथिका व्यक्तिलाई,
- पारिवारिकमा कसैलाई क्यान्सर भएको छ भने,
- कालो दिसा जाने,
- मुखबाट रगत जाने,
- जन्डिस भएका बिरामी,
- कोही बिरामीलाई तारन्तार बान्ता भइरह्यो भने
- पेटमा गाठँ गुठि भए,
- तौल घट्दै गएमा,
यस्ता लक्षणहरु देखिएका छन भने सुरुवाति अवश्थामा नै इन्डोसकोपि गराउने । समयमै इन्डोस्कोपी गरियो भने रोगलाई निको पार्न सकिन्छ।
कस्तो उपचार उपयुक्त हुन्छ ?
अल्सर हुने मुख्य कारण पता लगाई त्यसको उपचार गरिन्छ । अल्सरको उपचार गर्नु अघि अल्सर सामान्य या जटिल कस्तो हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ। सामान्यनै छ भने औषधिले ठिक गर्न सकिन्छ। तर रगत बगिरहेको छ , आन्द्रा फुट्यो भने यसलाई जटिल मानिन्छ र यस्तो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ। एन्डोस्कोपीको माध्यमद्धारा सामान्य या जटिल अवस्था बारे थाहा पाउन सकिन्छ । सथै अवस्था हेरि एन्डोस्कोपी थेरापि बाट पनि उपचार गर्न सकिन्छ ।
खानपानका लागि भने बिरामीले आफ्नो अवस्था हेरेर के खाँदा गाह्रो भएको छ त्यस्तो खाना खानु हुदैन । नियमित भोजनको रुपमा सादा खाना र शरिरलाई आवश्यकपर्ने पौष्टिक तत्व भएको खानेकुरा खानुपर्छ । मद्यपान, धुम्रपान सेवन गर्नुहुदैन । अत्याधिक पिरो, अमिलो, चिल्लो ,कोकाकोला, स्प्राइट, जस्ता खानेकुराहरु नखाने ।
अल्सर हुन नदिन् के गर्ने ?
- चिकित्सकको सल्लाह बिना दुखाई कम गर्ने अौषधि वा पेन किलर को प्रयोग नगर्ने ।
- धूम्रपान, मद्यपानको सेवन नगर्ने ।
- स्वस्थ्यकर जीवनशैली अपनाउने ।
- सुरुवाति लक्षणमै चिकित्सकको सल्लाह लिने ।
- जंकफुडको अत्याधिक सेवन नगर्ने ।