काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा ९ औँ फर्मा एक्स्पो २०२४ मार्च ८ देखि १०(फाल्गुन २५ देखि २७) सम्म हुने भएको छ।
औषधी उत्पादक संघले आज पत्रकार सम्मेलन गर्दै चितवनमा आयोजना गरीने तीन दिने फर्मा एक्स्पोका बारेमा जानकारी दिएको छ। प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो नेपाल औषधि उत्पादक संघको महत्वपूर्ण इभेन्टको रुपमा रहेको छ । जसमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा त्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ । एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने छ र यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शन हुनेछ।
यस एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ । यस एक्स्पोमा यस क्षेत्रको वृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने छ । सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने समाग्री, प्याकेजिङ, मेसिनरी ल्याव, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिङ, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीको एउटै स्थलमा प्रदर्शन गरिने छ ।
यस एक्स्पोमार्फत् नेपालको औषधी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने गरेको छ । उक्त एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपपस्थिति रहने अपेक्षा गरिएको छ ।