काठमाडौँ । शनिवार बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन ।
उनले सबैमा मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् भने कुराको आह्वान गरेका छन। मानव भएको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सो लगायतका अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु। तसर्थ, अङ्ग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान दिन प्रधानमन्त्रीले अपिल गरेका छन ।
अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने यस महान् अभियानलाई प्रवर्द्धन गर्न नेपाल सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रधानमन्त्रीले बताए ।
उक्त कार्यक्रममा बोल्दै डा। पुकारचन्द्र श्रेष्ठले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्ले छोटो अवधिमा नै देशमा विभिन्न कार्य गर्न सफल भएको बताए । यस केन्द् बाट नेपाली दाजुभाइ दिदी बहिनीहरू विदेश जाँदाको भौतिक दुःख र महँगो सेवाबाट केही हद सम्म राहत पाउन सफल भएका छन् भने राष्ट्रको अरबौं रुपैयाँ सञ्चित भएको उनको भनाई छ ।
निःशुल्क मृगौला प्रत्यारोपण र डाइलाइसिस उपलब्ध हुँदा गरिब निमुखा दाजुभाइ, दिदी बहिनीहरूको पहुँच भित्र सेवा पुग्न थालेको छ भने विदेशी नागरिक समेत प्रत्यारोपण सेवाबाट लाभान्वित भई रहेको हुँदा सेवाको विश्वसनीयतामा वृद्धि भएको जानकारि दिए।
मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो, मिर्गौला, मुटु, फोक्सो लगायतका अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गरेको छ ।
उनले देशमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरे पनि देशमा बार्षिक ३०० जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको र त्यसमा २०० बढी प्रत्यारोपण केन्द्रमा हुने गरेको बताए ।
सहि कार्यक्रममै डा। श्रेष्ठले यस अघिको कार्यक्रममा केन्द्रको लागि जग्गा दुुई महिना भित्र हस्तान्तरण गर्ने निर्णय भए पनि हाल सम्म कार्यान्वयन हुन बाँकी भएको हुँदा प्रधानमन्त्री र स्वास्थ्य मन्त्री लाई नेपाल सरकारकै स्वामित्वमा रहेको सूर्य विनायकको इँटा भट्टा को जग्गा सबै भन्दा उपयोगी भएको हुँदा प्रत्यारोपण केन्द्रलाई अवश्य करीब १०० रोपनी जग्गा हस्तान्तरण गरिदिन आग्रह समेत गरे ।