शरीरका अन्य अंगहरु स्वस्थ राख्नका जति आवश्यक छ ,त्यति नै दाँत स्वस्थ राख्न पनि महत्वपूर्ण हुन्छ। स्वास्थ र सौन्दर्यका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक छ । दाँतको सरसफाइमा हेलचेक्राइँ गर्दा विभिन्न समस्या दाँत दुख्ने, गिजा सुन्निने, गिजाबाट रगत आउने, सास गन्हाउने, दाँत हल्लिने जस्ता समस्या धेरैमा देखिने गर्छन ।
दाँत कुनै ठोस कुरा होइन् बहिरबाट ठोस देखिए पनि भित्र भने नशा तथा रक्त कोशिकाहरुले बनेको हुन्छ । दाँतको जरामा गरिने उपचारलाई रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) भनिन्छ । दाँतको चपाउने भागदेखि जराको भित्री टुप्पासम्म सफा गरी संक्रमण हटाउने उपचार विधि हो । दाँतमा अत्याधुनिक उपकरणको सहायताले दाँतको जरा भित्रको नसा सफा गरिन्छ । तर कहिले काहि राम्रो सँग सफा नभए फेरि दुखाई बढने हुन्छ ।
के दाँत दुख्दैमा आरसीटी गराउनुपर्छ ?
दाँत दुख्दैमा आरसीटी गराउनुपर्छ भन्ने हुदैन। दाँतको अवस्था र किसिम हेरेर उपचार विधिमा फरक हुन्छ । दाँतको नसामा नै संक्रमण भए पछि उक्त संक्रमण हटाउने उपचार विधि आरसीटी हो । समयमा उपचार नगराउँदा संक्रमण दाँतको नलीबाट निस्किएर हड्डीसम्म पुगेर गिँजा पाकेको अवस्थामा अथवा कहिलेकाही अनुहार,गाला,घाँटी दुखेने हुन्छ ।
आरसिटी कुन कुन अवस्थामा गर्न सकिन्छ ?
- दाँतको नशा संक्रमित भई दाँत दुखेको अवस्थामा ।
- समयमा उपचार नगराउँदा संक्रमण दाँतको नलीबाट निस्किएर हड्डीसम्म पुगेर गिँजा पाकेको अवस्थामा ।
- कहिलेकाही संक्रमणले अनुहार,गाला,घाँटी दुखेको अवस्थामा।
- चोटपटक लागेर दाँतको नशा मरिसकेको अवस्थामा।
- चोटपटक लागेर दाँत भाँचिएको अवस्थामा।
- नशा मरेर संक्रमण जरा बाहिरको तन्तुमा फैलीएमा ।
- चपाउँदा दाँत दुख्नुको साथै गिजा तथा गाला सुन्निएमा ।
आरसिटीमा माइक्रोस्कोपको काम के हुन्छ ?
माइक्रोस्कोपले बिरामीको दाँत भित्रको सबैभन्दा सानो कुराहरू हेर्न चिकित्सकलाई धेरै मदत गर्छ । नाङ्गो आँखाको तुलनामा २५ गुणासम्म भित्रको सबैभन्दा सानो कुराहरू हेर्न सकिन्छ । दन्त माइक्रोस्कोप आरसीटी उपचार र निदान दुवैमा उपयोगी हुन्छ। अनुसन्धानले माइक्रोस्कोपबाट गरिएको उपचारको नतिजाहरू राम्रो देखाउँछ।
माइक्रोस्कोपको काम :
- लुकेका र सहायक नशाहरू फेला पार्ने
- छुटेका उपकरणहरू पत्ता लगाउने र हटाउने
- अधिक दाँत संरचना संरक्षण
- चिकित्सकको लागि एर्गोनोमिक्स सुधार गर्दै
आरसिटी गराउन कति समय लाग्छ ?
- माइक्रोस्कोपबाट गर्दा १ पटकमै पुरा हुन्छ ।
- सामान्यतया ४र५ पटक सम्म लाग्छ।
- यदि १ हप्ताको अन्तर गरयो भन्ने एक महिना लाग्न सक्छ।
- बिरामी र दाँतको अवस्था हेरेर र सबै उपकरणहरू भएको अवस्थामा एक दिनमा पनि गर्न सकिन्छ जसलाई सिंगल भिजिट आरसिटी भनिन्छ।
आरसीटीको कस्ट किन वेरिएबल हुन्छ ?
आरसीटीको कस्ट वेरिएबल हुनुमा दुई वटा कुराले फरक पार्छ एउटा आरसीटी गर्नै डाक्टर जरनल वा स्पेसलिस्ट कुन हो रु अर्को भनेको प्रयोग गर्ने सामाग्र कस्तो छ रु बजारमा सामाग्र सस्तो देखि महंगो सम्मको हुन्छ । अहिलेको आधुनिक सामाग्रको प्रयोग गरि आरसीटी गर्दा सफलता दर ९९ प्रतिशत हुन्छ भने आज भन्दा १० बर्ष अगाडि सफलता दर ४० देखि ५० प्रतिशत मात्र थियो । राम्रो सफलता दरको लागि राम्रो सामाग्र हुनुपर्छ । यसले पनि कस्ट वेरिएबल बनाउ छ ।
आरसीटी पछि दाँतमा क्याप लगाउनु कतिको आवश्यक छ ?
रुट क्यानल उपचार पद्धति दीर्घकालीन समस्याको हल गर्ने भएकाले र रुट क्यानल पछि दाँत सामान्य अवस्थाको भन्दा खोक्रो हुने भएकाले यो गरिसकेपछि क्राउन अथवा दाँतमा क्याप राख्न जरुरी हुन्छ। दाँतमा क्याप लगाउँदा थप बलियो, सुरक्ष्त हुने र टुट्ने सम्भावना कम हुन्छ। क्याप लगाउँदैमा दाँत बलियो भयो ज पनि टोक्न वा खान मिल्छ भने हुदैन् किनकि आरसीटी गरेको दाँत ओरजिनल जस्तो बलियो हुदैन् ।
आरसीटी गरेको दाँत क्षमता भनेको ४० देखि ५० प्रतिशत मात्र हुन्छ । आरसीटी गरेको दाँत क्षमता ओरजिनल दाँत जस्तो बलियो नहुने भएकाले खाना खादा ध्यान दिनु पर्ने हुन्छ । सारो कुरा नचपाउने यसले दाँत टुट्न सक्छ ।
आरसीटी गरिासकेपछि के गर्ने ?
आरसीटी गरिासकेपछि ६/६ महिनामा चिकित्सकलाई जाँच गराउनुपर्छ । कतिपयल आरसीटी गरिासकेपछि दाँत दुखेको छैन किन चिकित्सक कहाँ जाने भने गर्छन तर आरसीटी गरेको दाँतमा लगाएको क्यापको मुनिबाट फेरि किरा लाग्न थालेको हुन्छ र उपचार असफल हुन्छ । त्यसैले उपचार सफल हुनको लागि चिकित्सकको सल्लाह अनुसार जाँच गराउनुपर्छ ।
कस्तो अवस्थामा एंटीबायोटिक खाने ?
दाँत दुख्दैमा एंटीबायोटिक खानु पर्छ भने हुदैन् । आरसीटी गर्ने सबै दाँतका लागि एंटीबायोटिक प्रयोग गर्न आवस्यक हुदैन् किनकि यदि क्यानल (दाँतको जरा) राम्रो सँग सफा गरिएको छ भने त्यसले नै ९९ प्रतिशत दुखाई कम गर्छ । तर एक दम सुनिएको छ ,इन्फेक्सन भको छ, पिप बगिराको छ भने यस्तो अवस्थामा एंटीबायोटिक दिईन्छ । मुखको रुट क्यानल (आरसीटी) यस्तो उपचार हो जसमा एंटीबायोटिक दिनु आवस्यक हुदैन् ।
आरसीटी गरेको दाँतको हेरचाह कसरि गर्ने ?
- आरसीटी पछि दाँतमा क्याप लगाउने ।
- दाँत राम्रो सँग सफा गर्ने ।
- बिहान बेलुका राम्रो सँग ब्रस गर्ने ।
- खाना खाए पछि राम्रो सँग कुल्ला गर्ने ।
- कडा खानेकुरा नटोक्ने ।
- मुखरदाँतमा कुनै समस्या आएमा आफू खुसी औ
- षधि प्रयोग नगर्ने ।
- समय–समयमा चिकित्सकीय परीक्षण गराउने ।
(डा. संजय कुमार तिवारीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् )