मुटु शरीरको एउटा महत्त्वपूर्ण अंग हो। यो अटोमेटिक रुपमा चलिरहन्छ। मुटुको धड्कनको लागि चाहिने इनर्जी र अक्सिजनको सप्लाई रक्तनलीले गर्छन्। ती नलीमा कुनै पनि कारणले अवरोध आयो भने हृदयघात हुनसक्छ। त्यस्तै नसा खुम्चिएर पनि हृदयघात हुन्छ। कोलेस्ट्रोल बढ्दै गयो भने रक्तनलीमा क्याल्सियम जम्मा भएर नसा ब्लक भयो भने पनि हृदयघात हुन्छ। यस्तो हृदयघात चिसो मौसममा बढी हुने गर्दछ।
नसा खुम्चिएर पनि हृदयघात हुन्छ। कोलेस्ट्रोल बढ्दै गयो भने रक्तनलीमा क्याल्सियम जम्मा भएर नसा ब्लक भयो भने पनि हृदयघात हुन्छ। यस्तो हृदयघात चिसो मौसममा बढी हुने गर्दछ।
लामो समयदेखि मुटुको औषधि सेवन गरिरहेका व्यक्ति तथा मुटुसम्बन्धी केही न केही समस्या भइरहेका बिरामीमा चिसो मौसममा हृदयघात हुने सम्भावना बढी हुन्छ। विभिन्न अध्ययनले त्यो देखाएको पनि छ। अहिले चिसो मौसम चलिरहेको छ। यो मौसममा मुटु सम्बन्धी रोगहरु बढ्ने हुन्छ। त्यसैले मुटु रोगीले चिसोमा धेरै नहिड्नु राम्रो हुन्छ। बिहान घाम लागिसकेपछि मात्रै घरबाहिर निस्कनुपर्छ। नियमित रुपमा औषधि सेवन गरिरहेका बिरामीले जाडो मौसममा विशेष ध्यान दिनुपर्छ। सकेसम्म घरमै बस्ने, शारीरिक व्यायाम गर्ने र नियमित औषधिमा ध्यान दिने गर्नुपर्छ।
हृदयाघातका लक्षण
हृदयघात सामान्यदेखि लिएर कडासम्मको हुन्छ। सामान्य किसिमको हृदयघात कहिलेकाँही थाहा नै नहुने हुन्छ। सामान्य दुखाई भएर पछि आफै निको भएर जाने हुनसक्छ। कडा खालको भयो भने छातिको देब्रे भागमा, बिच भागमा दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा चक्कर लाग्न सक्ने जस्ता लक्षण देखिन सक्छन्। अझ गम्भीर खालको हृदयघात भयो भने बेहोस भएर ढल्ने हुनसक्छ।
हृदयाघातका कारण
४० वर्षभन्दा माथिका व्यक्तिमा हृदयघातको जोखिम बढी हुन्छ। यसको मतलब युवा अवस्थामा हुँदै हुँदैन भन्ने होइन। २५, ३० वर्षको उमेरका व्यक्तिलाई पनि भइरहेको हामीले पाएका छौँ। तर प्राय ४० वर्ष भन्दा माथिका व्यक्ति बढी जोखिममा हुन्छन्।
हृदयाघातको जोखिमबाट बच्नका लागि के गर्न सकिन्छ ?
सबैभन्दा पहिले यसमा पारिवारिक इतिहासले महत्त्व राख्छ। परिवारमा कसैलाई हृदयघात भएको भए सचेत हुनुपर्छ। कसैलाई मुटुसम्बन्धी रोग भएको छ भने त्यस्तो व्यक्तिले ३० वर्षपछि आफ्नो मुटुको परीक्षण गर्नुपर्छ। अर्को जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। नियमित खाइराखेको भए जङफुड खानु हुँदैन। नियमित शारीरिक व्यायाम गर्ने, धुम्रपान मध्यपान नगर्ने, ३५ वर्षभन्दा माथिका व्यक्तिले सुगर, कोलेस्ट्रोल छ कि छैन भनेर चेकजाँच गर्नुपर्छ। सामान्य जीवनशैली अपनाउन सकियो भने हृदयघातबाट बच्न सकिन्छ। त्यसको लागि हामीले आफ्नो जीवनशैलीलाई नै परिवर्तन गर्नु आवश्यक छ।
परिवारमा कसैलाई हृदयघात भएको भए सचेत हुनुपर्छ। कसैलाई मुटुसम्बन्धी रोग छ भने त्यस्तो व्यक्तिले ३० वर्षपछि आफ्नो मुटुको परीक्षण गर्नुपर्छ।
हृदयघातको लक्षण थाहा भए लगत्तै अस्पताल लानुपर्छ। हृदयघातले बिरामी बेहोस भएर ढल्यो भने छातीमा थिचेर स्वासप्रस्वास दिनुपर्छ। यसलाई सिपिआर भन्छन्। यसको लागि अनुभवप्राप्त मान्छे हुनुपर्छ। त्यसैले हृदयघातको लक्षण देखिने बित्तिकै घरेलु उपचार खोज्नुभन्दा अस्पताल लानु राम्रो हुन्छ।