काठमाडौं। परिवार कल्याण महाशाखाले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ सम्बन्धि पत्रकारहरुसँगको बहस पैरवी कार्यक्रम शुक्रबार काठमाडौंमा आयोजना गरेको हो।
कार्यक्रममा नेपाल सरकारले मातृ तथा शिशु स्वास्थ्यमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित प्रयोगले हुने असरलाई न्युनीकरण गर्न स्तनपानको संरक्षण गर्न आवस्यक रहेको र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणको व्यवस्था समेत गरिरहेको पोषण शाखा प्रमुख लिला विक्रम थापाले जानकारि दिए।
थापाले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक प्रस्तुत गर्दै शिक्षित आमाहरुले पूर्ण स्तनपान कम गराउने गरेको जानकारी दिए। नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको बताए । उक्त तथ्यांक अनुसार पूर्ण स्तनपानको सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत छ र सबैभन्दा कम लुम्विनीमा ३६ प्रतिशत रहेको छ ।
सो तथ्यांक अनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या २२ प्रतिशत रहेको छ । नेपालमा ५ वर्ष मुनीका बालवालिकाहरु कम तौल १९ प्रतिशतमा, पुड्कोपन २५ प्रतिशतमा , रत्तअल्पता ४३ प्रतिशतमा र ८ प्रतिशत ख्याउटेपनबाट ग्रसित छन्। सारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारण कुपोषण रहेको पाइएको छ।
नेपाल सरकारले स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न र सबै प्रकारका कुपोषण न्युनीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थापाले जानकारी दिए। सथै सरकारी, गैरसरकारी वा नीजी संस्थाहरुमा कार्यरत महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढिमा एक बर्षसम्मको वेतलबि बिदाको व्यवस्था रहेको पनि उनले जानकारी दिए।
प्रसुती अस्पतालका सिनियर कन्सल्टेन्ट पेडियाट्रिसियन डा. शैलेन्द्रवीर कर्माचार्यले शिक्षित आमाहरुले र घरमा आमा वा सासु नभएका सुत्केरीहरुमा पनि स्तनपान गराउने दर कम रहेको बताए । सथै उनले स्तनपान केन्द्र प्रत्येक प्रदेशमा स्थापना गर्न , स्तनपान सम्बन्धि परामर्श, स्तनपानको महत्व र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विक्री वितरण नियन्त्रण गर्न आवश्यक रहेको जानकारि दिए । अहिले जनमानसमा स्तनपान गराउदा शरिर बिग्रिन छ भने भ्रम रहेको पाईन् छ तर यो कुरा गलत भएको बरु स्तनपानले शरिरलाई पुरानो अवस्थामा ल्याउन मदत गर्ने कुरा बताए ।
बच्चाले जन्मने बित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । सुरुमा आउने बाक्लो, पहेलो बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकाले पनि बच्चा जन्मेपछि स्तनपान गराउनु जरुरि हुन्छ । त्यसैले स्तनपानलाई बढावा दिनका लागि तथा बट्टाको दूधको प्रयोगलाई निरुत्साहन गर्न जरुरि भएको डा. शैलेन्द्र बताए ।