काठमाडौं। नेपालमा महिलाहरुमा हुने क्यान्सरको पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्छ। विश्व कै तथ्यांक हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने क्यान्सरमध्ये चौथो नम्बरमा पर्छ ।
परिवार कल्याण महाशाखाले शुक्रबार ललितपुरमा गरेको एक अन्तरक्रिया कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उच्च जोखिम हुँदा पनि स्क्रिनिङ एकदमै कम भइरहेको परिवार कल्याण महाशाखाकी कविता अर्यालले जानकारि दिईन् ।
समयमै पहिचान गर्न सके पूर्ण रुपमा निको हुने पाठेघरको मुखको क्यान्सरबारे जनचेतनाको अभावका कारण दैनिक ४ जना महिलाले ज्यान गुमाउनु परिरहेको र निशुल्क स्क्रिनिङको व्यवस्था हुँदा हुँदै पनि सोचे जति प्रगति नभएको बताईन ।
उक्त कार्यक्रममा अर्यालले पाठेघरको मुख्य क्यान्सर न्युनिकरणका लागि सरकारले चालेको कदम, क्यान्सर वर्तमान अवस्था, नीति तथा चुनौती विषयकबारे प्रस्तुति दिएकी थिईन् । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्नुपर्छ भन्ने चेतनाको अभाव रहेको बताईन । साथै यो रोकथामका लागि सरकारले नीतिगत तथा कार्यक्रममा प्राथमिकता दिएपनि बजेटको व्यवस्था नगरेको अर्यालको गुनासो छ ।
स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले महिलाहरुमा देखिने पाठेघरको क्यान्सरमा पनि फरक–फरक हुने तर समयमै पहिचान गर्न सके पूर्ण रुपमा निको हुन बताईन । यो क्यान्सर कम खतरनाक भनिए पनि यसैले दैनिक ४ जना महिलाको ज्यान लिईरहेको तर नियमित स्क्रिनिङ गर्न सके यसबाट सहजै जोगिन पनि सकिन्छ जानकारि दिईन् ।
पाठेघरको मुखको क्यान्सर सेवाका लागी चुनौती
- पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवाको व्यवस्था भएता पनि यस सेवाको विस्तारका लागी प्रयाप्त बजेट सुनिश्चितत नभएको
- सामुदायमा जनचेतनाको कमि
- पाठेघरको मुखको क्यान्सर को स्क्रिनिङ सेवा Basic Health Package मा रहेता पनि स्थानिय तहमा यसको महत्व र विस्तारका लागी उदासिन रहेको
- यस सेवाका लागी स्थानिय तहमा बजेट विनियोजन कम भएको र विनियोजित बजेट खर्च नभएको
- Thermocoagulator का लागी अझै पनि संघसंग माग
- सरकारी तथा गैरसरकारी र निजी स्वास्थ्य संस्थाबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवाको पूर्ण
- अभिलेखन तथा प्रतिबेदनको अभाव
पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क सेवा
- HPV खोप
- पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंगका लागि VIA सेवा
- पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंगका लागि छनोट गरिएको
- जिल्लामा HPV DNA परिक्षण
- क्यान्सर रोग गराउन सक्ने पुर्वावस्था (Pre-Cancerous Lesions) को उपचार
- क्यान्सर उपचारका लागि १ लाख रुपैया सम्मको बिमा सहयोग
स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा भएको पत्रकार छलफल कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र, आड्रा, यूएनपीए, नर्वजियन एम्वेसीको प्राविधिक सहयोग उक्त कार्यक्रम गरेको थियो ।