पछिल्लो समय महिलाहरु पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग जुधिरहेका छन् । महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या पनि फरक–फरक हुन्छ । जसमा पाठेघरमा मासु पलाउनु महिलामा देखिने एक आम समस्या हो। मासु पाठेघरसँग अण्डादानिमा पनि पलाउ छ । प्रजनन् उमेरमा पाठेघरमा मासु पलाउने समस्या बढि हुने गर्छ ।
पाठेघरमा मासु पलाउनु भनेको के हो ?
प्रजनन् उमेरमा महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउँछ। इस्ट्रोजोन हर्मोनले पाठेघरको कोषहरु विक्सित हुन्छ। तर कुनै बेला एकै ठाउँमा धेरै कोषहरु विकास भइदिन्छ, त्यसलाई नै पाठेघरमा मासु पलाएको भनिन्छ । यसलाई साधारण भाषामा फाईब्रोईड भनिन्छ ।
पाठेघरमा ३ ठाँउमा मासु पलाएको हुन्छ । पाठेघरमा मासु कुन ठाँउमा पलाएको छ त्यसैबाट त्यसले कति असर गर्छ भने थाहा हुन्छ ।
पाठेघरको भित्रि भागमा मासु पलाउनु (सबम्युकस फाईब्रोईड) : पाठेघरको भित्रि भागमा मासु पलाएको छ भने महिनावारीको बेलामा धेरे रगत जाने ,महिनावारीमा धेरै पेट दुख्ने हुन्छ ।
पाठेघरको मसल्सको लिएरमा मासु पलाउनु (इन्टरटेशल फाईब्रोईड) : मसल्सको लिएरमा मासु पलाएको अवस्थामा महिनावारीको बेलामा धेरे रगत जान हुन्छ ।
पाठेघर भन्दा माथिको लिएरमा मासु पलाउन (सबसिरियस फाईब्रोईड) : पाठेघर भन्दा माथिको लिएरमा मासु पलाएको छ भने खास्सै केहि समस्या हुदैन ।
पाठेघरमा मासु पलाएको कसरी थाहा पाउन सकिन्छ ?
- महिनावारी हुँदा धेरै रगत जानु ।
- अत्याधिक पेट दुख्नु ।
- महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु ।
- धेरै दिनसम्म रक्तश्राव भइरहने ।
- शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने ।
- कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ ।
यस्ता समस्या देखा परे तुरुन्तै जाँच गर्नु पर्छ । जाँच गरेपछि पाठेघरमा मासु पलाएको या अन्य समस्या भएको थाहा हुन्छ । पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउन सक्छ ।
के मासु पलाउदैमा पाठेघर फाल्नुपर्छ ?
मासु पलाउदैमा पाठेघर झिकेर फाल्नुपर्दैन। बिरामीको अवस्था र आवश्यकता हेरी उपचार हुन्छ। यदि मासु सानो, मासुका दाना धेरै छन वा मासु ठुलो छ तर यस अवस्थामा पनि केहि समस्या भएको छैन भने केहि समय कुरेर हेर्न सकिन्छ ।
२५/३० वर्षकी महिलाको सानो २/३ सेन्टिमिटरको फाईब्रोईड छ, जसलाई बाँझोपनको कारण बनेको छ भने त्यस्तो अवस्थामा अप्रेशन गर्दैनौं । ईन्जेक्सन दिएर त्यसलाई सुकाउने अनि बच्चाको योजनामा जाने हो । यदि यही समस्या ४०/५० वर्षको महिलामा देखियो, यसमा धेरैखालको समस्या छ भने मात्रै अप्रेशन गर्नुपर्छ ।
अहिले जतिसुकै ठूलो फाईब्रोईड भए पनि चिरफार गर्नु पर्दैन, दूरबिनबाट अप्रेशन गर्न सकिन्छ । पाठेघर निकाल्न वा मासु निकाल्न दूरबिनबाट सजिलै सकिन्छ ।ल्याप्रोसकपिक सर्जरीले बिरामीलाई अस्पताल धेरै दिन बस्नु पर्दैन र बिरामी चाँडै हिँड्न सक्छ ।
समयमा उपचार भए पाठेघर झिकेर फाल्नुपर्दैन। पाठेघरको मुख ठूलोभएको वा मासु पलाएको छ भने क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यसैले नजिकैको स्वास्थ्य संस्थामा गई देखाउने ।
समस्या देखिएपछि के के कुरामा ध्यान दिनुपर्छ ?
यसमा ध्यान दिनुपर्ने त्यस्तो केही छैन । सानो मासु छ, अरु लक्षण छैन भने केही पनि गर्नु पर्दैन् । मासु जहिलेसम्म महिनावारी हुन्छ, त्यही समयसम्म बढ्दै जाने हो जब महिनावारी सुक्दै जान्छ त्यो पनि घट्दै जान्छ ।
- जुनसुकै उमेरको भए पनि ६/६ महिनामा नियमित स्वास्थ्य जाँच गर्ने ।
- बिरामी फलोअपमा बस्ने ।
- तीन तीन महिनामा अल्ट्रासाउण्ड गरेर मासुको साईज हेर्ने ।
- २० वर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्नेर बच्चा नजन्माउने ।
- असुरक्षित यौन सम्पर्क नगर्ने ।
- विशेष गरी महिनावारीका बेला ध्यान दिने ।
- गर्भवती हुनु भन्दा अगाडिदेखि स्वास्थ्य सल्लाह लिने ।