आज भोलि प्राय ग्रीन टि पिउने प्रचलन बढिरहेको छ । बिहान उठ्ने बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त हुन्छन् । यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै मानिसहरुले पिउने गरेका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको प्रयोग बढेर गएको छ ।
दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । कतिपय व्यक्तिहरुले यसलाई डाइटिङका लागि समेत सेवन गरिरहेका छन । कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न, कसैले ‘क्यान्सर प्रतिरोधी त कसैले ‘छालाको चमक बढाउने पेयको रुपमा ग्रीन टि पिउने गरेका छन् ।
ग्रीन टिमा क्याफिन र क्याटेचिन हुन्छ, जसले खानेकुरा पचाउनमा सहयोग गर्छ । ग्रीन टिमा उपलब्ध कतिपय यौगिकले शरीरमा भएको बोसोलाई टुक्राउँछ । आठ हप्ताको एक अध्ययनमा के पाइएको थियो भने ग्रीन टि पिउने र साथसाथै व्यायाम पनि गर्ने हो भने तिब्र रुपमा फ्याट बर्न हुन्छ ।
ग्रीन टीका फाइदाहरु त धेरै छन् । यद्यपि यसका केही बेफाइदाहरु पनि छन् जुन हामीले बिर्सनु हुँदैन । ग्रीन टिले स्वास्थलाई फाइदै फाइदा गर्छ तर सहि तरिकाले पिउन सकेमा राम्रो हुन्छ ।
ग्रीन टी पिउनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरु
- खाली पेटमा पिउनुहुन्न
- खानासँग पनि ग्रीन टी पिउनुहुन्न
- गर्भवतीले ग्रीन टी पिउनुहुन्न
- औषधिसँग ग्रीन टी पिउनुहुन्न
कुन कुन रोगका लगि ग्रीन टी फाइदाजनक हुन्छ ?
दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि ग्रीन टी एकदमै उपयोगी मानिन्छ । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टि लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टि उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टि पिउन सकिन्छ ।
ग्रीन टी पिउने तरिका
- ग्रीन टि ताजा पिउनुपर्छ । लामो समय राखेको ग्रीन टि त्यसमा रहेको भिटामिन र एन्टि अक्सिडेन्ट नष्ट हुन्छ र पिउनु त्यती प्रभावकारी हुँदैन ।
- जुनसुकै समयमा ग्रीन टि पिउन सकिन्छ । तर, विहान खाली पेटमा, खाना खानसाथ वा खाना खानुअघि ग्रीन टि पिउनु हुँदैन ।
- विहान ब्रेकफास्टका साथमा ग्रीन टि पिउनु प्रभावकारी हुन्छ ।
- अत्याधिक मात्रामा ग्रीन टि सेवन गर्दा त्यसमा एन्टिअक्सिडेन्ट र फ्लवोनोइडस अधिक मात्रामा हुने भएकाले कलेजोमा असर गर्न सक्छ ।
- दिनमा दुई वा तीन कप ग्रीन टि पिउनु सकिन्छ ।
- ग्रीन टिमा चिनी, दुध मिश्रण गर्नै हुँदैन । बरु महसँग मिसाएर सेवन गर्दा दोब्बर फाइदा हुन्छ ।
- ग्रीन टिमा मह मिसाएर सेवन गर्दा फ्याट बर्न एकदमै राम्ररी हुन्छ ।