काठमाडौं - १५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको बढि जोखिमा रहेका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ ।
क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसै विषयमा जानकारी दिनका लागि स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवालसँग हाम्रा संवाददाता समृद्धा के.सी. ले गर्नु भएको कुराकानीः
१ .पाठेघरको मुखको क्यान्सर भन्नाले के बुझिन्छ र यो रोगबाट बच्नको लागि के के गर्न सकिन्छ ?
पाठेघरको दुई भाग हुन्छ । एउटा पाठेघरको मुख जुन योनी बाट हेर्न सक्छौँ र पाठेघरको मुख्य भाग भन्छौँ। त्यो पेट भित्र हुन्छ हामी त्यसलाई बाहिर बाट हेर्न सक्दैनौँ र पाठेघरको मुखको क्यान्सर भनेको जुन हामीले हेर्न मिल्ने पाठेघरको मुख छ त्यसमा पहिला इन्फेक्शन, घाउहरु भएर र त्यो पनि वास्ता नगरेको कारणले बिग्ररिएर क्यान्सरको रुप लिने हो ।
२. पाठेघरको मुखको क्यान्सर लाग्नुको कारण के के हो ?
लाग्न्नुको बिभिन्न कारणहरु हुन्छ जस्तै सबै भन्दा सामान्य कारण भनेको चाहिँ कुनै पनि महिलाले धेरै व्यक्ति सँग यौन सम्पर्क राख्नु वा कुनै पनि महिलाको श्रीमानले धेरै सँग यौन सम्पर्क राख्दछ भने त्यसको कारणले पनि पाठेघरको मुखको क्यान्सर हुन सक्छ । अर्को यसको मुख्य कारण भनेको एच.पि.भि भाइरस हो मानव पेपिलोमा भाइरस त्यसको बिस्तारै क्यान्सरको रुप लिन सक्छ । तर खुसीको कुरा के छ भने हिजो आज यसको विरुध खोप पनि उपलब्ध भइसकेको छ र सानै उमेरमा बिहे गर्नु, धेरै बच्चा जन्माउनु , सर–सफाईमा ध्यान नदिनु, धेरै पटक गर्भपतन गर्नु पनि क्यान्सरको मुख्य काणर मध्ये एक हो ।
३ .पाठेघरको क्यान्सर हुदा सुरुको अवस्थामा के कस्ता लक्ष्णहरु देखा पर्दछन् र पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउन सकिन्छ ?
पहिल चरणमा लक्ष्ण देखा नपरेकै कारणले नै महिलाहरुमा क्यान्सरको रुप लिने गर्छ । पाठेघरमा समस्या छ भन्ने कुरालाई बुझाउनका लागि हामीले पटक-पटक मिडिया मार्फत के भन्छौँ भने प्रत्येक महिलाले चाहे समस्या होस् या नहोस् वर्षमा एक चोटी स्वास्थ्य जाँच अवस्य गरौं जसले गर्दा हामीलाई क्यानन्सर भएको सुरुमै थाहा पाउन सकिन्छ ।
सुरुवाति चरणमा देखिने लक्ष्ण भनेको योनीबाट फोहोर र गनाउने पानी पनि आउने गर्दछ तर फोहोर र गनाउने पानी आउछ भन्दैमा क्यान्सर भयो भन्न मिल्दैन त्यो साधारण संक्रमण को कारणले पनि आउन सक्छ र त्यस्तो अवस्थामा हस्पिटल जानुपर्छ र समयमै यस्तो समस्यालाई व्यबस्थापन गर्नु पर्छ । अर्को यसको मुख्य लक्ष्ण भनेको शारीरिक सम्पर्क पछि रगत देखा परेमा त्यो पनि एउटा मुख्य लक्ष्ण हो । यदि क्यान्सर नै भईसकेको छ भने त्यसको कारणले बेला बेलामा रगत देखा पर्न सक्छ र महिलाहरुमा मिन्स बिग्रियर यस्तो भएको भन्ने गल्लत भ्रम हुन् सक्छ तर यसको कारणले महिना वारिमागडबडी भएर रगत देखा पर्ने हुदैन ।
४ पाठेघरको क्यान्सर हुनुमा यौन सम्पर्कको कस्तो भुमिका रहेको हुन्छ ?
पाठेघरको क्यान्सर हुनुमा यौन सम्पर्कको मुख्य भुमिका नै रहेको हुन्छ जथाभाबि रुपमा यौन सम्पर्क गर्नाले पाठेघरको क्यान्सर हुनुको मुख्य कारण हो ।
५ पाठेघरको मुखको क्यान्सर कुन उमेर समुहमा लाग्ने गर्दछ ?
मुख्य उमेर समुह भनेको त ३०–५० वर्ष सम्म हो , तर कुनै बच्चाहरुमा सानै उमेरमा नै यौन क्रियाकलाप जस्ता कार्य भयो भने प्राय जसो त्यस्ता व्यक्तिलाई २०–२५ बर्षको उमेरमा पनि क्यान्सर हुन सक्ने धेरै सम्भावना हुन् सक्छ र ३०–३५ वर्षको उमेर सम्म पनि यौन सम्पर्क नगरेको महिलामा पनि पाठेघरको क्यान्सर हुने चान्स् हुन्छ ।
६. पाठेघरको मुखको क्यान्सर लाग्यो भने निको हुने कतिको चान्स हु्न्छ ?
जुनसुकै क्यान्सरहरुको पनि चरणहरु हुन्छ । सुरुवाति समयमै थाहा भयो भन्ने १०० प्रतिशत निको हुन्छ । हरेक महिलाले वर्षको एक पटक पाठेघरको चेकअप गराउनै पर्छ । कति बेला कुन रोग लाग्छ थाहा नै हुदैन । क्यान्सर लागेर निको भए पनि ती व्यक्तिले वर्षको एक पटक जाँच गराउनै पर्छ ।
७. यसबाट बच्नको लागि के के गर्न सकिन्छ ?
बच्नको लागि सानै उमेरमा बिहे नगर्ने । धेरै बच्चा जन्माउनु भएन । धेरै सँग यौन सम्पर्क नगर्ने र अर्को कुरा सर सफाईमा विषेश ध्यान दिने । सरसफाईमा ध्यान नदिने महिलाहरुमा संक्रमण हुने बढि चान्स हुन्छ । योनी भित्र पानी नहाले सफा गर्नुपर्छ र बजारमा पाईने जुन योनी वासहरु हुन्छन् ती वासलाई कहिल्य पनि योनी भित्र राखेर सफा गर्नु हुदैन् किनकि त्यो वास एक प्रकारको फेसवास जस्तै हो जसलाई हामीले बाहिरी सतहमा मात्र प्रयोग गर्नु पर्छ । यदि त्यसलाई योनी भित्र हाल्यौँ भने त्यसको कारणले संक्रमण हुन सक्छ । अर्को खुसीको कुरा के छ भने जो ९ बर्षको उमेर पुगि सकेका नानीहरु छन्एच . पि. भि भाइरसको संक्रमणले हुन्छ । त्यो संक्रमणको विरुद्ध खोपहरु उपल्ब्ध छ । नेपालमा पनि त्यो खोप आईसकेको छ यदि हामीले त्यो खोप दियौँ भने कम्तिमा त्यो संक्रमणको कारणले हुने क्यान्सर बाट जोगाउन सक्छौँ । त्यो खोप ९ वषैको उमेर कटि सके पछि र यौन जिवन सुरु गर्नु भन्दा अगाडि लगाएमा राम्रो हुन्छ ।
८. यसको उपचारको विधि के- के होला ?
उपचारको विधि बिरामीको चरण हेरेर गरिन्छ । शुरुवाती चरणमा क्यान्सर लागेको भागमात्र काटेर पनि हामी निको पार्न सक्छौँ । त्यो भन्दा अलि बडि छ भने पाठेघर मात्र निकालेर पनि निको पार्न सक्छौँ । त्यो भन्दा पनि अलि बडि नै छ भने पाठेघर र ओरिपरिको अंगहरु पनि निकाल्नु पर्ने हुन्छ र रेडियो थेरापीहरु दिनु पर्ने हुन सक्छ त्यो चरणमा भर पर्छ ।
९ .अन्त्यमा महिलाहरुलाई आफ्नो पाठेघर कसरी सुरक्षित राख्न सुझाव दिनुहुन्छ ?
महिलाहरुलाई के भन्न चाहान्छु भन्ने मुख्य कुरा महिनावरीको समयमा कृपया कपडा प्रयोग नगर्नुहोस् । त्यसको कारणले पनि संक्रमण हुन्छ । योनि बहिरको भाग सफा र सुक्खा राख्नु , नुहाइसके पछि सुक्खा राख्ने, योनी भित्र पानी अथवा कुनै पनि केमिनल नहाल्ने र वर्षमा १ चोटी नियमित चेकअप गराउनु पर्छ । अनि प्रत्येक २ वर्षमा एक चोटी प्याप स्मेयर चाहिँ गराउनुहोस् ।