काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्ने बताएका छ्न । बुधबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री बस्नेतले आपत विपद र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैं तयार रहेको बताए ।
शिक्षा, स्वास्थ्य, विपदको समयमा उद्दारमा, भौतिक विकासमा म निरन्तर लाग्नेछु । विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्छौं, आपत विपद र विकासका लागि नेता चाहिन्छ, त्यसका लागि म सधैं तयार छु ।तपाईंहरुले गलत ठाउँमा मत परेछ भनेर पाँच बर्षपछि पश्चाताप गर्नुपर्ने छैन ।मन्त्री बस्नेतले भने ।
उनले आफु सधैंभरि राम्रो काम गरेर जनताको मन जित्नु पर्छ भन्ने सोच भएको मान्छे भएको बताउँदै त्यही अनुसार काम गर्ने बताएका छ्न ।
मन्त्री बस्नेतले पिस्कर घटनाबाट एमालेले देशको राजनीतिमा बैतर्नी तर्यो तर सहिदका परिवारको जीवनस्तर उकास्ने र रोजगारी उपलब्ध गराउने ध्यान नदिएको भन्दै बिगतमा गलत मानिसलाई जिताएर पिस्कर र त्रिपुरासुन्दरी गाउँपालिकाको बिकास पचास वर्ष पछाडि परेको बताएका छ्न । उहाँले आफू अर्को निर्वाचन क्षेत्रबाट निर्वाचित भएको भएपनि यस क्षेत्रको बिकासका लागि पचास बर्षमा नभएको काम पाँच वर्षमा गर्ने प्रतिवद्धता जनाएका छ्न ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले स्थानीय सरकारका सामु जहाँ गयो त्यही समस्या देखिन्छन् भन्दै सीमित स्रोत र साधन परिचालन गरेर चुनावी घोषणापत्रमा समेटिएका कुराहरु समेतलाई ध्यान दिएर शैक्षिक सुधार, मानव सुचकाँक विकास, भौतिक विकास लगायतका कामहरु गरिरहेको बताएका छ्न ।
त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी नेपालले गाउँपालिकाभित्र रहेका ३० वटा विद्यालयको स्तरोन्नतिको लागि काम गरेको बताएका छ्न । उनले वर्तमान जनप्रतिनिधि गाउँपालिकामा निर्वाचित भएपछि पहिलो बैठकबाटै कक्षा १२ सम्म निशुल्क शिक्षा लागू भइसकेको बताउँदै भौतिक विकास भन्दा शिक्षा स्वास्थ्य र मानव विकास महत्त्वपूर्ण, हामीले त्यता वढि ध्यान दिएको बताएका छ्न ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले शिक्षकहरुले कक्षा कोठामा छिर्दा राजनीतिक पार्टीको झण्डा र डण्डा छोड्न सके मात्रै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सक्ने बताएका छ्न।
प्रधानाध्यापक घनश्याम पौडेलले बिद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहयोगका साथै संघीय सरकारबाट पनि पर्याप्त सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा ब्यक्त गरे ।