नेपाली घरमा अत्यन्त कम किचनहरु छन् होला जहाँ अदुवा हुदैन् । अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । अदुवा जाडोमा चियामा हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महाऔषधीसमेत भन्ने गरिएको छ ।
अदुवामा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ । यसमा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ ।यी सात कारणलाई ध्यान दिएर पनि अदुवालाई हामीले हाम्रो दैनिक डाइटमा समावेश गर्नु पर्ने हुन्छ ।
अदुवाको प्रयोगले चिया र खानाको स्वाद बढाउन मात्र सहयोगी छैन, अदुवाले स्वास्थ्यका लागि धेरै स्वास्थ्य लाभहरू पनि गर्दछ।
अदुवा खानुका फाइदाहरू
तौल घटाउन
खाली पेटमा अदुवाको पानी पिउनाले मेटाबोलिज्म छिटो हुन्छ । जब मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले दिनभर सामान्य क्रियाकलाप गर्दा पनि क्यालोरीहरू जलाउँछ। जसले बोसो छिटो बर्न गर्न मद्दत गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ।
मधुमेहका लागि
यदि खाली पेटमा अदुवाको पानी पियो भने, यसले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ र रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ। यसले मधुमेहका कारण हुने समस्यालाई हटाउन मद्दत गर्छ ।
छालाको लागि
शरीरमा जम्मा भएको फोहोर र विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। साथै यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउने फ्री रेडिकल सँग लड्न मद्दत गर्छ । छालाको दाग, पिम्पल, बुढेसकालका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ। यसले रगतलाई प्राकृतिक रूपमा शुद्ध गर्न मद्दत गर्दछ, जसको प्रभाव छालामा प्रत्यक्ष रूपमा देखिन्छ।
पेटको लागि
खाली पेटमा अदुवाको पानी पिउनाले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ । जसले गर्दा अपच, कब्जियत, पेट फुल्ने, बान्ता (पखाला र वाकवाकी) जस्ता समस्यालाई हटाउन पनि यो निकै प्रभावकारी हुन्छ ।
कोलेस्ट्रोल कम गर्छ
अदुवाको पानी पिउनाले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। जसका कारण हृदयाघात र स्ट्रोक जस्ता रोगको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
महिनावारीको दुखाइलाई कम गर्छ
एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ ।
मांशपेशीको दुखाइ कम गर्छ
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।
रगत सफा गर्छ
अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।
ब्याक्टेरियासँग लड्छ
अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।
पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ
अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।
टाउको दुख्न कम गर्छ
अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।