आजभोली मानिसहरुको बदलिँदो जीवनशैली र खानपानमा गलत बानीको कारण धेरैलाई मिर्गोलाको रोग हुन थालेको छ । यसमध्ये मिर्गौला फेल प्रमुख समस्या हो। हाम्रो देशमा मिर्गौला रोगीको संख्या दैनिक रुपमा बढीरहेको छ । मिर्गौला रोगको कारण वर्षेनी हजारौंको मृत्यु हुने गरेको छ । दुवै मिर्गौला पूर्ण रूपमा बिग्रेमा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। दुवै उपायलाई हेर्दा कुन उत्कृष्ट देखिन्छ रु यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका डीएम नेफ्रोलोजी डा निशान्त भुर्तेलसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् :
मिर्गौलाको काम ?
मिर्गौला हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने, शरिरबाट अनावश्यक चीजलाई फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम मिर्गौलाले गर्छ ।
मिर्गौला बिग्रिनु भनेको के हो ?
जब मिर्गौलाले आफ्नो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। मिर्गौला विग्रिनु लाई अल्पकालिन र दिर्घकालिन दुई तरिकामा हेरिन्छ । अल्पकालिन भन्नाले कुनै पनि मिर्गौलाको समस्या भएको तिन महिना ननागेको वा पहिलो चोटि देखिएको समस्या जसलाई निको बनाउन सकिन्छ त्यो अल्पकालिन समस्या भनिन्छ । तर समस्या तिन महिना भन्दा बढि भए छ क्रिएटिनिन बढि रहेछ, मिर्गौला साईज घटि रहेछ, भने त्यस लाई दिर्घकालिन समस्या भनिन्छ ।
मिर्गौला बिग्रिनुको कारण ?
मिर्गौला बिग्रिने धेरै कारण हुन्छन् । जसमा मिर्गौला बिग्रिनुको प्रमुख कारण मधुमेह (सुगर ) हो ।
- मधुमेह,
- उच्च रक्तचाप,
- मिर्गौलाको आन्त्रिक रोग
- मिर्गौलामा संक्रमण भएमा,
- मिर्गौलामा पत्थरी,
- जथाभावी रुपमा नदुख्ने औषधि सेवन
यदि वंशाण्गत कुनै रोग छ वा परिवारमा बुवा आमाको मधुमेहका कारण मिर्गौला विग्रिने भएको छ भने छोरा छोरिमा मिर्गौला विग्रिने समस्या हुन्छ । त्यसैले समय समयमा मधुमेह जाँच गराउनु पर्छ ।
मिर्गौला रोगका लक्षण
- थकाई धेरै लाग्ने
- एका एक उच्च रक्तचाप हुनु
- खुटा धेरै सुनिनु
- स्वाँस्वाँ बढने
- हड्डीहरु दुख्ने
- फिँजयुक्त र रगत मिसिएको पिसाव आउने
- पिसाव रोकिनु
- एनेमिया बढ्ने
मिर्गौला कमजोर भएका लक्षण धेरै कडा नहुने भएकाले धेरै जना मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन् । त्यसैले माथिका कुनै लक्षण देखिए तुरुनतै अस्पताल गएर जाँच गर्ने ताकी बेलैमा यसको उपचार सम्भव होस् ।
मिर्गौलाको दिर्घकालिन समस्या भए यसको दुई वटा विकल्प मात्र बाँकी रहन्छ।
- डायलासिस
- मिर्गौला प्रत्यारोपण
डायलासिस भनेको के हो ?
दिर्घकालिन रुपमा मृगौला विग्रि पछि डर लाग्दा लक्षण देखिएमा औषधि बहेको एउटा उपचार विधि डायलासिस हो। मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थामा कृत्रिम रुपमा मृगौलाको काम गर्ने विधि लाई डायलासिस भनिन्छ । डायलासिस दुई तरिका बाट गरिन्छ हेमोडायलासिस र पेरिटोनियल डायलासिस
हेमोडायलासिस : सामान्यतया गराउने हेमोडायलासिस नै हो । यस लाई रगतको डायलासिस पनि भनिन्छ । हेमोडायलासिस हप्तामा २/३ पटक अस्पतालमा गएर मेसिनमार्फत कृत्रिम रुपमा रगत शुद्धिकरण गर्ने विधि हो।
पेरिटोनियल डायलासिस : पेरिटोनियल डायलासिस भनेको पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धिकरण गर्ने विधि हो। यो घरमै बसेर दिन दिनै गर्न सकिन्छ ।
कुन अवस्थामा डायलासिस आवश्यक पर्छ ?
- दिर्घकालिन मृगौला रोगिलाई औषधिले उपचार गर्दा गर्दै पनि लक्षण र रिपोट डर लाग्दा भयो भने डायलासिस गर्न जरुरि हुन्छ । कुन अवस्थामा बिरामिलाई डायलासिस जरुरि हुन्छ भन्दा
- स्ँवा स्ँवा बढयो भने इमर्जन्सीमा डायलासिस सुरु गर्नुपर्छ ।
- बिरामि अत्याधिक मात्रामा सुनिएमा वा खुट्टा सहन नस्कने गरि सुनिए डायलासिस सुरु गर्नुपर्छ ।
- शरिरमा नुनको तत्व ( पोटासियम ) धेरैमात्रा भए ज्यान पनि जान सक्छ, त्यसैले यदि रिपोटमा पोटासियम बढिरहेको छ भने पनि डायलासिस सुरु गर्नुपर्छ ।
- शरिरमा एसिडको मात्रा धेरै बढि रहेको अवस्थामा पनि डायलासिस सुरु गर्नुपर्छ ।
- क्रिएटिनिनको मात्रा (१० भन्दा माथि १२, १४ ) बढिरहेछ भने डाक्टरले जिएफआर फरमुला लगाएर एउटा भ्यालु निकालिन्छ जसबाट मिर्गौलाले कति काम गरेछ थाहा हुन्छ । यो भ्यालुसामान्य मान्छेमा १०० हुन्छ तर मिर्गौला बिरामिको कम हुदै जान्छ र यो बिरामिको १० भन्दा कम भए पनि डायलासिस सुरु गर्नुपर्छ । यो क्रिएटिनिन बढेपछि मात्र थाहा हुन्छ ।
डायलासिस गर्दा ध्यान दिनुपर्ने कुराहरु
मृगौला रोग लागे पछि सबै भन्दा पहिले खानपान मा ध्यान दिनुजरुरि हुन्छ । डायलासिस गर्ने मात्र नभई मृगौला रोगि, सुगर, उच्च रक्तचाप भएका बिरामिले सबै भन्दा पहिले नुनको मात्रा गर्नुपर्छ ।
- नुन कम खाने
- पिसाबको मात्रा हेरि पनि पिउने ( ५०० ml देखि १ Lमात्र )
- अमिलो कुरा नखाने (कागति ,सुन्तला ) यसले पोटासियम बढाउछ
- प्यकेटका खाने कुरा नखाने
- रातो मासुनखाने
- हरियो साग धेरै खान हुदैन्
- इनफेक्सन बाट बच्ने
- बेला बेलामा रगत जाँच गर्ने
डायलासिस कति लामो समय गर्नुपर्छ ?
डायलासिस यस्तो उपचार विधि हो जुन सुरु भए पछि बिना डायलासिस जिवन चलाउन सकिदैन् । डायलासिस गरेपछि मृगौला सामान्य अवस्थामा आउने भन्ने हुँदैन । डायलासिस गरे जिवनलाई राम्रो र लामो समय सम्म चलाउन मात्र सकिन्छ । डायलासिस गरेका व्यक्ति औशत रुपमा ८ देखि १० वर्ष बाँच्छ तर डाक्टरको सल्ला अनुसार औषधि खाने ,डायलासिस गर्ने , खानपानमा ध्यान दिने हो भने डायलासिसले ४० बर्ष बाँच्चेको रेकड समेत रहेको छ । राम्रो तरिकाले डायलासिस गरे जिवन चलाउ सकिन्छ तर डायलासिस गर्दा अन्य स्वस्थ्य समस्या पनि आउछन इन्फेक्सन हुने , मुटुको समस्या आउछ जसले शरिरलाई गह्रो बनाउछ ।
उपचार
दिर्घकालिन मिर्गौला रोगिको संसार भरिमै राम्रो उपचार भनेको मिर्गौला प्रत्यारोपण हो । दुवै मिर्गौला फेल भएको अवस्थामा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। सबै उपायलाई हेर्दा मिर्गौला प्रत्यारोपण उत्कृष्ट देखिन्छ। तर, मिर्गौला प्रत्यारोपण बिरामीको सबै समस्याको हल भने होइन यसपछि पनि धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । तर प्रत्यारोपणका लागि मिर्गौला पाउन गह्रो हुने भएकाले डायलासिस राम्रो तरिकाले गर्ने हो भने राम्रो नै हुन्छ ।
नेपालमा डायलासिसको अवस्था ?
नेपाल सरकारले डायलासिस निःशुल्क गराएर सह्रानीय काम गरेको छ। नेपालजस्तो गरिबी देशमा डायलासिस जस्तो पटक पटक जिवन भर गराउने उपचार निःशुल्क गर्नु साथै अैषधिका लागि थप रु ५००० दिनु सरकारको राम्रो काम रहेको छ । अहिले सरकारले ७७ जिल्लामा नै डायलासिसको सुविधा बढाउने प्रयास गरि रहेको छ। तर जुन रुपमा पछिलो समय मिर्गौला रोगिको सँख्या बढिरहेको अझै पनि सयै बिरामि डायलासिसको पालो कुरेर बसेका छन ।
हाल नेपालमा निःशुल्क डायलासिस मेसिनको सँख्या ५०० देखि १००० को हाराहारि, १०० वटा डायलासिस केन्द्र र ५००० को हाराहारिमा बिरामिले सेवा लिरहेका छन । सरकारले अझै डायलासिस मेसिन थपने तयारिमा रहेको छ ।