काठमाडौं। नेपालमा क्षयरोग (टिबी) नियन्त्रणका लागि समुदायस्तरमा जाँच (मास स्क्रिनिङ) गर्नुपर्ने बिषयमा आज आयोजित 'इन्ड टीबी, इन्ड टोब्याको' नामक अन्तरक्रिया कार्यक्रममा जोड दिएका छन।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोगको दोस्रो प्रमुख कारणमा चुरोटको प्रयोग रहेको बताएका छन । अहिले प्रतिवर्ष ६९ हजारमा क्षयरोगका बिरामी थपिरहेको भएपनि सरकारी तथ्यांकमा गत वर्ष ३७ हजार ७ सय ७७ र यस वर्ष ३७ हजार ४ सय ५० उपचारको पहुँचमा आएको उल्लेख गरेको पनि जानकारि दिए।
विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज ९द युनियन०का प्रेसिडेन्ट प्राध्यापक गाइ मार्क्सले समुदायस्तरमा क्षयरोगको जाँच गर्न जरुरी रहेको बताए । उनले जोखिम समूह र लक्षण देखिएकालाई मात्रै नभई जोखिम नभएकालाई पनि मास स्क्रिनिङ गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले नसर्ने रोगको भारमा सुर्तिजन्य पदार्थ सेवनको भूमिका धेरै रहेको बताए । सुर्तिजन्य पदार्थको सेवन घटाउन सक्यो भनेमात्र टीबी नियन्त्रण गर्न सक्छौं र नियन्त्रणका लागि निरन्तर प्रयास जरुरी रहेको औंल्याए। सूर्तिजन्य पदार्थ सेवन घटाउन परिवार केन्द्रीत कार्यक्रम गर्न आवश्यक छ। साथैविद्यातर्थी लक्षित योजना बनाउन जरुरी भएको बताए।
भाइटल स्टार्टेजीरद युनियनका निर्देशक डा तारासिंह बमले टीबी भएको १०० दिन भन्दा पछि मात्रै एउटा केस पत्ता लाग्ने विषयबाट समाजमा कसरी सरिरहेको भन्ने जान्न सकिने बताए। त्यसैले लक्षणका आधारमा नभइ मुदायस्तरमै जाँच गर्न जरुरी भएको उनले बताए। सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा टीबी हुँदा अझ ढिलोगरी जाँच केन्द्रमा पुग्ने उनको भनाई छ । टीबी नियन्त्रणमा कानुनको प्रभावकारी कार्यान्वयनका साथै सिभिल सोसाइटी र मिडियाको महत्वपूर्ण भूमिका हुने बताए।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका भक्त केसीले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थको नियन्त्रणमा राम्रो काम भइरहेको बताए। सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरुले अदालतमा मुद्दा हाल्ने, स्थानीय सरकारले गरेको केही नवीनतम कार्यक्रमहरुको बिरुद्धमा अदालतमा मुद्दा हाल्ने र सुर्तीजन्य पदार्थका नयाँ नयाँ उत्पादनको बजारीकरणले गर्दा सूर्तिजन्य पदार्थको नियन्त्रणमा चुनौती रहेको जानकारि दिए।
आयोजक संस्थाका एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले धेरै केस बाहिर आउन नसकिरहेको र सूर्तिजन्य पदार्थको प्रयोगमा कमी नआउनु पनि एक कारण रहेको बताए। सूर्तिजन्य पदार्थको नियन्त्रणमा निर्माण भएका कानुनको कार्यान्वयनमा जोड दिनु पर्ने उनको भनाई छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सरकारले सूर्तिजन्य पदार्थ र टीबी नियन्त्रणका लागि छुट्टै कानुन निर्माण गरिकसकेको बताए। त्यसका कार्यान्यवनका लागि समेत मन्त्रालय आफैंले पहल गरिरहेको उनको दाबी थियो।