कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। कतिपय व्यक्तिहरुलाई हाम्रो शरीरमा कलेजोको भुमिका बारे थाहा नै हुदैन् । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । कलेजोको शरीरमा अनेकौं काम हुन्छन्। यसले शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। साथै खानालाई पचाउनु, पित्तको उत्पादन, भिटामिनि जम्मा गर्ने, शरीरका हानिकारक कुरालाई फाल्ने काम पनि कलेजोले गर्छ।
कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ । त्यसैले यसको वेलैमा उपचार गरेन भने अन्तिम अवस्थामा पुगिसकेपछि ट्रान्सप्लान्ट एउटा मात्र विकल्प रहन्छ । कलेजोले सही ढंगले काम गरिरहेको छ कि छैन भनेर सुरुदेखि नै सतर्क रहनुपर्छ । कलेजो बिग्रिदा देखिएका लक्षण एवं संकेतलाई बुझेर सही समयमा उपचार गरियो भने सम्भावित खतराबाट बच्न सकिन्छ ।
कलेजो बिग्रीने कारणहरु
कलेजो बिग्रीने धेरै कारण रहेका छन । रक्सीले गर्दा कलेजो बिग्रिन्छ भन्ने चलन छ जुन सत्य पनि हो तर रक्सी मात्रै कारण होइन, कलेजो बिग्रिने अन्य धेरै कारण रहेका छन ।
- विश्व भरिनै कलेजो बिग्रीने पहिलो कारण हेपाटाइटिस बी र सी का भाइरल इन्फेक्सन जसले कलेजलाई हानी गर्छ ।
- नन अल्कोहोलिक जसलाई फ्याट्टी लिभर डिजिज भनिन्छ । यो पछि गएर कलेजो बिग्रीन गर्दछ ।
- लामो समय सम्म अल्कोहलको प्रयोग ।
- अनावश्यक औषधिको प्रयोग ।
- लागुऔषधको प्रयोग ।
कलेजो बिग्रीएको कसरी थाहा पाउने ?
सुरुको अवस्थामा सामान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन् । जब रोग बढदै जान्छ लक्षणहरु देखिन थाल्छन् ।
- भोक नलाग्नु
- तौल घट्नु
- पेटमा, खुट्टामा पानि जम्ने
- आँखा पहेंलो हुनु
- शरिर चिलाउने
- दिशा कालो हुने
- रगत वान्ता हुने
- शरीरको रंग कालो हुने
- पिसाबमा कमी आउनु,
- बेला–बेलामा होश गुम्नु
सुरुवाति अवस्थामा लक्षण नदेखिने भएकाले बेला बेलामा स्वास्थय जाँच गराउनु पर्छ । माथिका मध्ये कुनै पनि लक्षण देखा परे तत्काल अस्पताल जाने। ताकि समयमै उपचार गरि रोग निको पार्न सकिन्छ ।
उपचार
कलेजोको विभिन्न रोग हुन्छन् र प्रत्यक रोगको फरक फरक उपचार हुन्छ । कलेजो के कारणले बिग्रिन्छ त्यहीअनुसार त्यसको उपचार गरिन्छ । हेपाटाइटिसका कारण बिग्रिएको हो भने त्यसको अल्क विधि र औषधी रहेको छ । यदि रक्सी वा कुनै औषधीको कारणले भएको छ भने पहिले ती कुरा खान बन्द गर्नुपर्छ र त्यस पछि उपचारको लागि अगाडि बढ्ने यसको पनि उपचारको विधि र औषधी अल्क रहेको छ ।
कलेजो बिग्रीन नदिन के गर्ने ?
यदि खानपिन राम्रो छ भने यसले कलेजो बिग्रीन बाट जोगाउछ । आफ्नो डाइटमा भिटामिन्स र एन्टिअक्सिडेन्ट्सले भरिएका खानेकुरा सेवन गर्नुपर्छ । हेपाटाइटिस ‘सी’ सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ। त्यसैले जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने जस्ता काम नगर्ने ।
बेलाबखत हेपाटाइटिस बि र सी जाँच्नुपर्छ। सामान्य मानिसमा पनि यो हुनसक्छ। हेपाटाइटिस ‘बि सर्ने सम्भावना १५ वर्ष मुनिकालाई बढी हुन्छ । नेपाल सरकारले हेपाटाइटिस ‘बि’ को खोप दिने गरेको छ। त्यसैले अबका बच्चालाई यसको सम्भावना निकै कम छ। यो खोप नलगाएकाले भने एकपटक परीक्षण गर्नु राम्रो हुन्छ।
- हेपाटाइटिस बी विरुद्धको खोप लगाउने । तर, हेपाटाइटिस सी विरुद्ध कुनै खोप नभएको हुँदा यसबाट बच्नमा ध्यान दिने।
- मोटोपन नियन्त्रण गर्ने ।
- डाक्टरको सल्लाह बिना औषधि नखाने ।
- मधुमेह नियन्त्रण गर्ने ।
- अल्कोहलको प्रयोग नगर्ने।
- पानी उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खाने ।
- जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने नगर्ने ।
कस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने ?
कुनै पनि व्यक्तिको कलेजो काम नलाग्नेगरी खराब भइसकेको छ औषधिले नि काम नगरेको अवस्थामा कलेजो प्रत्यारोपण गरिन्छ । बिरामिको खराब कलेजो निकालेर दाताबाट निकालिएको केही वा पुरै कलेजो जोड्ने प्रकृया कलेजो प्रत्यारोपण हो। जिवित दाताबाट केही भाग र ब्रेनडेथ भएको दाताबाट पुरै कलेजो निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।
कलेजो दिए पछि फेरि बन्न कति समय लाग्छ ?
कलेजो दिने व्यक्तिले आवश्यकता अनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ। दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ।
कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ। डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ।
प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
- सबैभन्दा बढी सङ्क्रमण हुनबाट बच्ने।
- अस्पताल गएर नियमित जाँच गराउने।
- मद्यपान र धुम्रपानबाट टाढा बस्ने।
- चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने।
- सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने।
- बाहिर निस्किँदा मास्क प्रयोग गर्ने।
- भिडभाडमा नजाने।
- घरमै पनि सावधानीपूर्वक बस्ने।
- रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने।
- खानपिनमा धेरै ख्याल गर्ने।
- औषधीको जथाभावी प्रयोग नगर्ने।
- शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने।