काठमाडौं । नेपालमा क्यान्सर उपचारमा हाल नयाँ उपचार विधि ‘कार–टी सेल’ थेरापीको सफल प्रयोगशाला परीक्षण भएको छ । पछिल्ला केही दशकमा क्यान्सर उपचारमा शल्यक्रिया, केमोथेरापी र रेडियसन थेरापी विधिले उपचारमा उल्लेख्य उपलब्धि हासिल भएतापनि अपेक्षित सफलता प्राप्त भइसकेको भने छैन ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले शनिबार एक पत्रकार सम्मेलन गर्दै ‘कार–टी सेल’ थेरापी उपचार विधिको सफल प्रयोगशाला परिक्षण नेपालमा प्रथम पटक भएको जानकारी गराएको छ । बायोथेरापीको उदयले पछिल्लो समय क्यान्सर उपचारमा नयाँ मानक स्थापना गरेको छ । बायोथेरापीमध्ये ‘कार–टी सेल’ थेरापी खासगरि रक्त क्यान्सर उपचारमा निकै प्रभावकारी देखिएको हो ।
अमेरिकाको न्यासनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको ‘कार–टी सेल’थेरापीको अध्ययनमा ९० प्रतिशत भन्दा बढी बि सेलु क्यान्सर बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ ।
अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागका डा.सञ्जीवन गौतमले ‘कार–टी सेल’ एक विशेष उपचार पद्धति रहेको बताए । उनले यो उपचार एएलएल र एनएचएल क्यान्सर बिरामीहरुमा निकै प्रभावकारी रहेको बताए । डा.गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सक्नु देशकै ठूलो अवसर रहेको र यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महङ्गा र जटिल प्रविधियुक्त रहेको जानकारि दिए । उनले सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने ‘कार–टी सेल’ थेरापीलाई दश गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्यले रहेको बताए ।
वीर हस्पिटलका वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा। डा. सुधाशु केसीका अनुसार कार९टी सेल थेरापी क्यान्सर मात्र नभैू कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरुमा पनि प्रभावकारी देखिएको बताए । ‘कार–टी सेल’ चेरापीले अबका केही वर्षमा नै उपचार पद्दतिमा महत्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा। ओम कुर्मी बताए। उनले ‘कार–टी सेल’ नेपाल ल्याउनका लागि औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्जस्ता निकायले ऐन नियमहरुको व्यवस्थातर्फ काम गर्न आवश्यक रहेकोमा ध्यान आकर्षण गराए।
आनुवंशिकी वैज्ञानिक बलराम गौतमका अनुसार ‘कार–टी सेल’ प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट " फ्रिजिङ्ग कण्डिसन”मा आयात गर्नुपर्ने हुँदा महङ्गो पर्ने र ढुवानीमा जटिलता आउनेजस्ता समस्या भएको बताए । हालसम्म अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा ‘कार–टी सेल’ लाई मान्यता दिएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले ‘कार–टी सेल’ लाई औषधि व्यवस्था विभागको स्वीकृतिमार्फत नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको पनि बताए ।
अमेरिकी, जर्मन र ब्राजिली संस्थाहरुसँगको सहकार्य र सहयोगबाट ‘कार–टी सेल’ लाई दश गुणा कम खर्चमा नेपालमै उत्पादन गर्ने उद्देश्य रहेको जानकारि दिए ।
यो पद्धति विकासका लागि जनशक्ति तयार गर्न तालिमका लागि विकसित मुलुकमा व्यवस्था मिलाउँने डा.गौतमले बताए । नेपाली प्रयोगशालामा पहिलो पटक सफल परीक्षण गरिएको ‘कार–टी सेल’ लाई मानव प्रयोगमा ल्याउन अझै एक वर्ष यसमा संलग्न वैज्ञानिकहरुको प्रक्षेपण रहेको र यसलाई अस्पतालसम्म पुयाई नेपाली रोगी माझ पुऱ्याउन सबै निकाय तथा अस्पतालहरुको सहयोगको अवश्यकता पर्छ बताए।