काठमाडौं । क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ ।
हाम्रो शरीरमा २ सयभन्दा बढि विभिन्न प्रकारको खर्बौ स–साना कोष र कोषिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि या सामान्य भन्दा धेरै फैलिन्छ । र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्याउँछ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका विरामी देखिन्छन् । भने वर्षेनी ७५ लाख क्यान्सर पिडितको मृत्यु हुने गरेको छ । अहिले विश्वमा फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् । विश्वमा कुल मृत्यु हुने करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । यो तथ्यांकले देखाउँछ क्यान्सर मानव मृत्युको भयानक कारण बनिरहेको छ ।
क्यान्सर आफैँमा भनायक रोग हो । तर यो रोग लाग्दैमा आत्तिहाल्नु भने पर्दैन वेलैमा उपचार गरेमा निको हुन्छ । त्यसको लागि नियमित रुपमा जाँच गर्नु र डाक्टरको परामर्श लिनुपर्छ । सुरुवातको चरणमै उपचार गरेमा क्यान्सर पुर्णत निको हुन्छ । खासमा समस्या भएको के हो भने अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।
क्यान्सर हुनुको मुख्य कारण
- गलत खानपान र बद्लिदो जीवनशैली नै प्रमुख कारण हो।
- अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि
- वंशाणुगत भएकोले आफ्नो सन्तानलाई हुने सम्भावना बढि रहन्छ ।
- धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
- हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्कमा रहेमा
- बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउने महिलाहरुलाई
- शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकोलाई
- शरीरको कुनैपनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ ।
नेपालमा पाइने प्रमुख क्यान्सर र त्यसको
- सर्भाइकल ९पाठेघरको मुखको० क्यान्सर
- आमाशयको क्यान्सर
- रक्त क्यान्सर
- मुखको क्यान्सर
- ब्रेन क्यान्सर
- स्तन क्यान्सर
- फोक्सोको क्यान्सर
क्यान्सरबाट बच्ने उपाय
- विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।
- धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने
- खानपानमा ध्यान पुर्याउने
- पर्याप्त व्यायाम गर्ने
- जीवनशैली परिवर्तन
- बोसोयुक्त मासु नखाने
- तारेको, पोलेको खाना नखाने
- नुन तथा पुराना अचार कम खाने
- समयमै बच्चा जन्माउने
- बच्चालाई स्तनपान गराउने
- नियमित स्वास्थ्यपरिक्षण गराउने
- सरसफाईमा विशेष ध्यान दिने
कुन अवस्थामा अस्पताल जाने ?
क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।
क्यान्सरक जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।
यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।
क्यान्सरको उपचार
क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।
१.सर्जिकल अन्कालोजी
शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन्।
२.मेडिकल अन्कोलोजी
औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्र्तगत केमोथेरापी पनि पर्ने गर्दछ ।
३. रेडियो अन्कालोजी
यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्री सकेको छ ।