काठमाडौं । काठमाडौं क्यान्सर सेन्टर द्धारा विश्व क्यान्सर दिवसको अवसरमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविहरूको लागि क्यान्सर सचेतना कार्यक्रम र VIA स्क्रिनिङ क्याम्प आयोजना गरेको थियो ।
स्याहारमा भएको फरकलाई बन्द गरौँ ’ (Close the care gap) भन्ने नारासहित काठमाण्डौं क्यान्सर सेण्टर आज विभिन्न कार्यक्रम गरि क्यान्सर दिवस मनाएको छ।
कार्यक्रममा अस्पातलका कार्यकारी निर्देशक डा. सिमित सापकोटा सभापतिको रुपमा थिए भने प्रमुख अतिथिमा चलचित्रकर्मी दीपाश्री निरौलाका साथै अन्य अतिथिमा सृजना केसी , चांगुनारायण न.पा का स्वास्थ्य प्रमुख लगायतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्वबारे बताउदै नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो क्रममा रहेको साथै उपचारको सुविधामा पनि बृध्दि भईरहेको छ । अव नेपालीलाई क्यान्सर लागे स्वदेशमा नै सवै किसिमको उपचार हुन्छ, अपरेसन, रेडियोथेरापी केनोथेरापी, ब्राकीथेरापी, ईम्युनोथेरापी लगायतका सम्पुर्ण उपचार उपलब्ध भएकाले भारत वा थाईल्याण्ड जानु पर्दैन भन्ने सन्देश दिएका छन ।
काठमाडौं क्यान्सर सेन्टर समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम, र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्न समर्पित रहेको अस्पतालले जनाएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक कार्यक्रमको साथै क्यान्सर, यसको जोखिम कारकहरू, र समुदायभित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना जगाउन पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य अस्पतालले राखेको छ।
उक्त कार्यक्रममा उपस्थित १०० भन्दा बढिले VIA स्क्रिनिङको लाभ उठाएको अस्पतालले जनाएको छ। भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आमन्त्रण गरी क्यान्सर लागे नलागेको बारे निशुल्क रुपमा उनिहरुको पाठघरको क्यान्सरको परीक्षण समेत गराईएको थियो।