काठमाडौँ । क्षयरोगका बिरामी उपचारको दायरामा नआउँदा सरकारले तय गरेको लक्ष्य पुरा गर्न चुनौती थपिएको र यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरु बताउ छन्।
आइतबार आयोजीत एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा हनुपर्नेमा जोड दिएुका छन । उनले क्षयरोग अन्त्य गर्ने पहिले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदायमा गएर खोजी उनीहरुको रोग पत्ता लगाई अनि मात्र उपचारको कुरा आउँने बताए।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न चुनौती थपिएको बताए। उनले नेपालमा वार्षिक ६९ हजार क्षयरोगका बिरामी थपिने अनुमान गरिएको छ। गत आर्थिक वर्ष केन्द्रले ३७ हजार ४५० बिरामी पत्ता लगाएको थियो। अझै ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको जानकारि दिए ।
धूम्रपान कुपोषण, नसर्ने रोग जस्तै मधुमेह, एचआइभी, अध्याधिक मद्यपानको सेवन जबसम्म नियन्त्रण गर्न सकिँदैन तबसम्म क्षयरोग अन्त्य गर्न चुनौती थपिने डा. श्रेष्ठ बताए।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा. सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताए । क्षयरोग कार्यक्रम सहज रुपमा चलाउन सक्ने नेतृत्वलाई काम गर्ने वातावरण दिनपर्नेमा उनले जोड दिए । यसका साथै परीक्षणमा पनि आधुनिकता ल्याउनपर्नेमा उनको जोड थियो ।
उनले ७० प्रतिशत बिरामीमा कुनै पनि लक्षण देखिर्दैन, उनिहरूको छातीको एक्स-रे गरेपछि मात्र पत्ता लाग्छ। त्यसैले उनिहरूमा क्षयरोग ढिलो पत्ता लाग्ने र यस्ता बिरामीले समाजमा क्षयरोग फैलाइरहेको बताए ।