आनो आउनुको कारण
शरीरमा हुने कुनै पनि प्रकारको रोगको पछाडि निश्चय पनि एउटा न एउटा कारण हुन्छ । आँखाको परेली किनारमा एक प्रकारको ग्लान्ड्स हुन्छ । कुनै कारणवश परेलीको किनारमा हुने ग्लान्ड्समा एक प्रकारको स्टेफलोकोक्कस नामक ब्याक्टेरियाको संक्रमणले गर्दा नै आनो निस्कन्छ । यो आनो एकपटक आएर केही दिनमा निको भए पनि कसै–कसैलाई भने बारम्बार आइरहने पनि हुन्छ ।
लक्षण
आँखाको परेलीमा दुख्नु ।
आँखाबाट बढी आँसु आउनु ।
आँखा चिलाउनु ।
आँखाबाट कचेरा निस्कने र बिहान िउठ्दा आँखा टालिनु ।
घाममा हेर्न गाह्रो हुनु ।
घरेलु उपचार
दिनमा ३–४ पटक ५–७ मिनेट सहन सक्ने गरी तातो पानीले सेक्ने ।
आँखा सफा राख्ने ।
आँखा नमिच्ने ।
आनोलाई निचोर्ने वा जबर्जस्ती थिचेर निकाल्ने प्रयास नगर्ने ।
आँखामा गाजल वा कन्ट्याक लेन्स नलाउने ।
घाँममा हिँड्दा चस्मा लगाउने ।
धुलो, धुवाँबाट आँखालाई बचाउने ।
डाक्टरकोमा कहिले जाने ?
आँखा धेरै सुन्निएमा ।
आँखा धेरै दुख्न थालेमा ।
पिप या रगत निस्कन थालेमा ।
ज्वरो आएमा ।
आँखाले देख्न कम भएमा ।
बारम्बार आनो आइरहेमा ।
रोकथामका उपाय
आँखा सफा राख्ने । सफा पानीले धुने ।
गाजलको प्रयोग नगर्ने र धेरैजनाले एउटै तौलिया प्रयोग नगर्ने ।
फोहोर हातले आँखा नछुने वा नमिच्ने । कन्ट्याक लेन्स लगाउनु र निकाल्नुअघि हात साबुनपानीले राम्ररी धुने ।
लेन्सलाई राम्रोसँग कीटाणुनाश गरेर मात्र प्रयोग गर्ने ।
औषधि
माथिको परेलीमा आनो भएमा फासफोरिक एसिड, पल्साटिला ।
दाहिने आँखाको परेलीमा आनो भएमा नेट्रम म्युर ।
देब्रे आँखामा भएमा बेराइटा कार्ब, हाइपेरिकम । आँखाको तलको परेलीमा भएमा रसटक्स, ग्रेफाइटिस, फोसफोरस, हाइपेरिकम ।
कडा खालको आनो भएमा कलकेरिया कार्ब, कोनियम, सिपिया, साइलिसिया, थुजा, स्टेफसिग्रिया ।
बारम्बार आनो आइरहने गरेमा कोनियम, ग्रेफाइटिस, सोरिनम, साइलिसिया, सल्फर, स्टेफसिग्रिया ।
यसबाहेक पनि हिपरसल्फर, लाइकोपोडियम, कल्केरिया फ्लोर, फेरमफोस, कालिफोस आदि औषधि आवश्यकताअनुसार दिन सकिन्छ । उपरोक्त औषधिहरू चिकित्सकको सल्लाह लिएर सेवन गर्न सकिनेछ ।