काठमाडौँ । ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सवै स्टल बुकिङ भएका छन् ।
नेपाल औषधी उत्पादक संघले नेपाली औषधीको प्रवद्र्धन र अन्तर्रािष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सवै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।
उनका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् । नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ । उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला ९ल्याब०का स्टल रहेको बताए ।
यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुई (फ्लोर), सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् । एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उनले जानकारी दिए ।
उनले अहिले स्टलको डिजाइनको काम भइरहेको बताए । एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेको छन् । प्रत्येक दुईरदुई बर्षमा हुने एक्स्पोमा यस बर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।