काठमाडौं । उपकरणको प्रयोगद्धारा गरिने सुरक्षित गर्भपतन अर्थात पाठेघरमा रहेको भु्रणको साधारण प्रकियाको माध्यमबाट पाठेघर सफा गरी बाहिर निकाली गर्भपतन गर्ने विधि हो । सर्जिकल गर्भपतन १२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्धारा सुरक्षित रुपमा गर्नै सकिन्छ ।
उपकरणको प्रयोगद्धारा गरिने सुरक्षित गर्भपतन सेवा नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने नेपनल सरकारबाट अनुमति पाएका अर्थात सूचिकृत दक्ष स्वास्थ्यकर्मीद्धारा मात्र गराइन्छ ।
१.सुरक्षित गर्भपतनको लागि कुन विधि अति प्रभावकारी छ ?
सुरक्षित गर्भपतनको लागि दुबै बिधिहरु औषधिको प्रयोग र सर्जिकल अति नै प्रभावकारी छन् । महिलाले आफनो इच्छा अनुसार कुनै पनि विधि छनौट गर्न सकिन्छ ।
२. के उपकरणको प्रयोगद्धारा गरिने गर्भपतनले पीडा हुन्छ ?
उपकरणको प्रयोगद्धारा गरिने गर्भपतनले ५- ८ मिनेटको हुन्छ जसमा महिलाले हल्का दुखाई महसुस गर्छिन ।
३. के उपकरणको प्रयोगद्धारा गरिने गर्भपतनले महिलाको प्रजन्न क्षमतामा कुनै असर गर्छ ?
उपकरणको प्रयोगद्धारा गरिने गर्भपतनले महिलाको प्रजन्न क्षमतामा कुनै असर गर्दैन । यस विधिको प्रयोगलेृ २देखि ३ हप्तामा नै प्राय महिलामा डिम्ब निस्कासन शुरु हुन्छ । महिलाहरु गर्भपतन केहि हप्तामा नै गर्भवति हुन सक्छन् ।
४. के उपकरणको प्रयोगद्धारा गरिने गर्भपतन गराएको कति पछि महिनावरी सुरु हुन्छ ?
यस विधिको प्रयोगको २ देखि ३ हप्तामा नै प्राय महिला डिम्ब निस्कन सुरु हुन्छ । तसर्थ प्राय महिलाहरु सामान्यतय महिनावारी ४ देखि ५ हप्तामा सुरु हुन्छ ।
५.उपकरणको प्रयोगद्धारा गरिने गर्भपतन गराएको कति समय पछि यौन सम्पर्क गर्न सकिन्छ ?
महिलाहरुलाई उपकणको प्रयोगद्धारा गरिने गर्भपतन गराएको १ हप्तासम्म आफनो योनीमा केहि हाल्न मनाहि गरेको हुन्छ । तसर्थ महिलाहरुलार्इृ त्यो समय अवधि सम्म यौन सम्पर्क नगर्न सुझाव गरिन्छ । तर महिलाले अरु यौन क्रियाबाट आनन्द लिन सक्छिन् ।
६. उपकरणको प्रयोगद्धारा गरिने गर्भपतन गराएको कति समय पछि परिवार नियोजन साधनको प्रयोग गर्नुपर्छ ?
यस विधिको प्रयोगको २ देखि ३ हप्तामा नै प्राय महिलामा डिम्ब निस्कासन प्रकिया सुरु हुन्छ । त्यसैले महिलाहरु गर्भपतन गराएको केहि हप्तामा नै गर्भवति हुन सक्छन् । त्यहि कारण जति सक्दो चाडो परिवार नियोजन साधनको प्रयोग गर्नु उचित हुन्छ ।