काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले यही फागुन १३ गतेदेखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक कार्यक्रम गर्दै फागुन १३ गतेदेखि सुरु हुने अभियान अन्तर्गत ९ महिना देखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाउने जानकारि दिएको छ । उक्त अभियान अन्तर्गत काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ । काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिकालाई खोपका लक्ष्य रहेको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताएका छन ।
काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्य रहेको उनले बताए । खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिने भएका छन् । त्यस्तै तारकेश्वर नगरपालिकामा ४१४३४, शंखरापुरमा ७५६७, गोकर्णेश्वरमा ४९६८२, नागार्जुनमा २९२३४, टोखामा ४९९२, बुढानिलकण्ठमा ५०३२ जना, कागेश्वरी मनोहरामा ५०२८२, चन्द्रागिरीमा ३५६१८, दक्षिणकालीमा ८५१७ र कीर्तिपुरमा २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
उनले अभियानलाई दुई चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १६ गतेदेखि १९ वटा वडाहरु र दोस्रो चरणमा फागुन २० गतेदेखि १३ वटा वडाहरुमा खोप कार्यक्रम चल्ने पौडेलले बताएका छन । खोपमा दादुरा-रुवेला सँगै नियमित खोप पनि प्रदान गरिनेछ बताए ।
उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा९रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्य रहेको जानकारि दिए ।