आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छन्:
सुरुसुरुमा आँखा चिलाउने ।
आँखा दुख्ने ।
आँखा रातो हुने ।
आँखा धमिलो हुने ।
टाउको दुख्ने ।
आँसु बगिरहने ।
आँखा धमिलो हुने कारण:
कमजोर आँखा ।
आँखामा संक्रमण हुनु ।
मोतिबिन्दु हुनु ।
जलबिन्दु हुनु ।
आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।
आँखाको नशामा समस्या आउनु ।
वंशाणुगत गुण ।
आँखा धमिलो हुनबाट बचाउने उपाय:
आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।
सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।
उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।
मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।
स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।
सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।
आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न ।
तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।
थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ ।
समयमै सचेत हुनु बुद्धिमानी हुन्छ ।