सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो यहि फागुन १७ देखि १९ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । एस.डि. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा हुन लागेको उक्त एक्सपोको सन् २०१८ देखि प्रत्येक बर्ष हुँदै आइरहेको छ । अहिले एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको छ । एस्स्पो तयारीका सम्बन्धमा एस.डि. प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरसंग गरिएको कुराकानी :
एक्स्पोको तयारी कहाँसम्म पुगेको छ ?
दुई दिन पछि एक्स्पो रहेकोले एक्स्पोको ९८% काम सकिएको छ । स्टल बुकिङदेखि लिएर एक्स्पो स्थलको डिजाइनको काम सकिएको छ । एक्स्पोमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राख्ने छन् ।
एक्स्पो गर्न किन आवश्यक छ ?
विश्वमा दिनहु रोग बढि रहेको छन्, हरेक दिन नँया रोग फैलिरहेको छ त्यसको लागि स्वास्थ्य क्षेत्रमा हरेक बर्ष नयाँ आविष्कार हुने भएकाले ति कुरा अस्पताल र चिकित्सकसम्म पुर्याउने उदेश्यले उक्त एक्स्पो गर्न आवश्यक रहेको छ । यस्ता आविष्कार विदेशीमा नै हुने भएकाले ति आविष्कार तथा अनुसन्धानलाई नेपालमा ल्याउनु नै एक्स्पाको उद्देश्य रहेको छ ।
एक्स्पोको मुख्य आकर्षक के के हुन ?
एक्स्पोको मुख्य आकर्षक भनेको नयाँ आविष्कार तथा नँया उपकरण नै हुन । अहिले विश्वमा नयाँ प्रविधि क्यपसुल इन्डोस्कोपि आएको छ जुन एक्स्पोको मुख्य आकर्षकहुने छ । एक्स्पोमा नयाँ प्रविधि के के आए र कुन कुन ल्यावको उपकरण के के आउँदै छ भन्ने कुरा उपभोक्ताको मुख्य आकर्षण हो । भारतका अन्य धेरै नयाँ आविष्कार तथा नँया उपकरण समेत रहेका छन् ।
नेपाली जनताले के पाउँछन ?
यस एक्स्पोबाट नेपाली जनताले स्वास्थ्य क्षेत्रमा भएका नयाँ आविष्कार तथा नँया उपकरण बारे जानकारी पाउँन सक्छन । कुन रोगमा कुन नयाँ आविष्कार, र उपकरण थाहा पाउन सकिन्छ । स्वास्थ्य क्षेत्रको गुणस्तरिय, विश्वसनियता र उत्पादन गरिरहेका कुरा प्रर्दशनीबाट नेपाली जनताले थाहा पाउने छन् ।
विगतका बर्ष भन्दा यस बर्ष नँया के देख्न पाइन्छ ?
विगतका बर्ष भन्दा यस बर्ष सहभागि धेरै रहेका छन् । विगतका बर्षमा ३०० सहभागि थिए भने यस बर्ष ४०० भन्दा बढि रहेका छन् । एक्स्पोमा सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनेछ ।