दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्त्वपूर्ण अंगको रूपमा लिने गरिन्छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा दाँतले हामीले खाएका खानेकुरा चपाउने र त्यसलाई पाचन प्रणालीतर्फ पठाउने काम हुन्छ। मानव शरीरको प्रमुख बाहिरी अंगका रूपमा रहेको अनुहारको सौन्दर्य बढाउन दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ।
हामीले खाएका खानेकुरा र दाँतमा हुने संक्रमणले दाँतको जरा खिइने, गिजा खिइने र अन्त्यमा दाँत झर्ने गर्दछ। विशेषतः धेरै गुलियो तथा चिसो खानेकुरा खानेहरूका कम उमेरमै दाँत झर्ने गरेका पाइन्छ। प्राकृतिक दाँत झरे पनि विज्ञानको विकासले पुनः प्राकृतिक जस्तै कृत्रिम दाँत लगाउन पाइन्छ। कृत्रिम दाँत प्राकृतिक दाँत झरे वा दाँतलाई कीराले खाएर काम नलाग्ने भएमा मात्र राख्नुपर्दछ।
नयाँ दाँत लगाउन किन आवश्यक ?
उमेर ढल्कँदै जाँदा दाँत झरेको छ भने नयाँ दाँत नलगाएपनि हुन्छ भन्ने आम धारणा रहेको छ । तर वास्तवमा त्यस्तो होइन । दाँत झरेपश्चात् अनुहारको सुन्दरता हराउनुका साथै बोली प्रष्ट हुन सक्दैन । यसको अनुहार बनावटै ने बिग्रने भएकोले मानिसलाई कुरुप बनाउँछ ।
यस्तो अवस्थामा तपाईलाई साथीभाईहरुसँग घुलमिल हुनसमेत ग्राहो हुन्छ । जसकारण तपाई अपहेलित समेत महसुस गर्नुहुन्छ । दाँत नहुँदा पारिवारिक रुपमा पनि अपहेलित हुनपर्ने अवस्था समेत आउन सक्छ। परिवार अन्य सदस्यले जस्तै कडा प्रकारका खानेकुराहरु खान नसक्ने भएकोले पारिवारिक रुपमा घुलमिल हुन ग्राहो पर्ने हो ।
यदि दाँत झर्र्यो भने उक्त दाँत भएको खाली ठाउँमा अन्य दाँत बस्ने भएकोले नराम्रो देखिन सक्छ । जसले गर्दो जोर्नी दुखेर टाउकोमा नै समस्या ल्याउने गर्छ । त्यसकारण दाँतको कारण पनि टाउको तथा नशा सम्बन्धि रोग समेत आउन सक्छ ।
दाँत नभएकै कारण आत्मविश्वासमा कमी आउने गर्छ । कसैको मुखभित्र हड्डी ठूलो र मुख चुच्चो देखिन्छ। दाँत नहुँदा जसले गर्दा कन्फिडेन्ट लेबल कम हुन्छ।दाँत भरिसकेपछि साइडको दाँत झनै ढल्किने र फोहोर जम्ने समस्या हुन्छ। त्यस्तै बोली प्रष्ट नहुने, बोल्दा थुक निस्किने समस्या हुन्छ।
नयाँ दाँत लगाए पछि ध्यान दिनु पर्ने कुरा
- यदी राख्ने निकाल्ने दाँत राखिएको छ भने त्यो अवस्थामा खाना टोक्न बानी पर्नु पर्ने भएकोले समय लाग्न सक्छ । शुद्धसित बोल्न समेत समय लाग्ने हुदाँ यसबारे ध्यान दिनु पर्छ ।
- दाँत राखिसकेपछि राती सुत्नु अगाडी निकाल्नुपर्ने हुदाँ त्यसलाई हरेक दिन पानीमा भिजाएर राख्नु पर्ने हुन्छ र भोली पल्ट विहान सफा गरेर मात्र त्यसलाई लगाउनु पर्छ ।
- फिक्स् दाँत राखिएको छ भने त्यसको साफ सफाईको लागि प्रत्येक दिन विहान बेलुकी प्राकृतिक दाँत झै विहान बेलुकी ब्रस गर्नु पर्दछ ।
- इम्प्लान्ट गरेको दाँतको हकमा मेटल राखेर दाँत राखिने हुदाँ त्यसमै असर पर्ने गरी टोक्नुु हुँदैन ।