चितवन । चितवनमा आजदेखि नवौं नेपाल फर्मा एक्स्पो २०२४ सुरु भएको छ ।
एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले तयारी पूरा भएको बताए । उनले भने “सम्पूर्ण प्रदर्शक आईसक्नु भएको छ, स्टलहरु तयारी भईसकेका छन् ।” आज बिहान ७ बजे भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम शुरु भएको उनले जानकारी दिए । प्रभातफेरीले भरतपुरको विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । एक्स्पोको औपचारिक उद्घाटन बिहान १० बजे हुने छ ।
संघले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ एक्स्पो आयोजना गरेको भन्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा एक्स्पोमा जानकारी पाईने बताए । सर्वसाधारणले नेपाली औषधि कसरी बन्दछ, औषधिको गुणस्तर कस्तो छ रु भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी पाउने उनको भनाई छ । उनले भने “अझै नेपाली आम नेपालीलाई नेपाली औषधिको गुणस्तर विदेशी जस्तो छैन भन्ने भ्रम छ । एक्स्पोमा अवलोकन गरेपछि त्यो भ्रम निवारण हुन्छ ।”
एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, ल्याब ९प्रयोगशाला०, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । एक्स्पोमा प्रदर्शकहरुको चाप धेरै रहेको भन्दै उहाँले सबैलाई स्टल पु¥याउन नसकिएको बरालले जानकारी दिए ।