गुल्मी । स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।
आर्थिक वर्ष ०८०/०८१ सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको हो । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा सवास्थ्य तथा जनसंख्य मन्त्रालयबाट प्रमुख अस्पताल नर्शिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ सहितको टोलिले मुल्याङकन गरेको थियो ।
अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धी पाएको श्रेष्ठले बताए । गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ८९ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर यशवर्ष अंक बृद्धि ९१ प्रतिशत ल्याएको छ । यसरी अस्पतालले सेवाप्रवाहलाई थप स्तरीय बनाउन तर्फ लागेको संकेत प्राप्त मुल्याङकनको नतिजाले उल्लेख गरेको छ ।
यो उपलब्धी प्राप्त गर्न सबैको सहयोगबाट यश अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किशोर बञ्जाडेले बताए ।अस्पतालको भौतिक संरचनाको अभावले गर्दा उत्कृष्ट सेवाप्रवाहमा समस्या रहेको बञ्जाडेले बताए । उनले अब गुल्मी अस्पताललाई थप उचाईमा पुर्याउनका लागि मुख्य गरिभौतिक संरचनाको कमी रहेको बताए । मूल्याङकन नतिजा प्रकाशन कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पछिल्लो समय गुल्मी अस्पतालले गरेको प्रगतीको प्रशंसा गरेका थिए ।
उनले यस अस्पतालको बन्दै गरेको भवन सम्पन्न सबैको चासो रहेको उल्लखे गरे। गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् । अस्पतालको प्रत्येक वर्षमा न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन गरिदै आएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्याले बताए । न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन आधारमा अस्पताल कुन अवस्थामा छ भन्ने आधार तय हुने अर्यालको भनाइ छ ।
न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन सार्वजनिक कार्यक्रमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल मेरो अस्पताल भन्ने भावनाका साथ अस्पतालका सेवा विकास हुँदै गएको बताए । अस्पताललाई प्रथम स्थानसम्म पुर्याउने उदेश्यले नगरपालिकाले सहयोग र साथ गर्ने नगरप्रमुख पन्थीले प्रतिबद्धता गरे। गुल्मी अस्पताल प्रदेशमै तेस्रो स्थानमा हुनु जिल्ला वासीका लागि खुसीको कुरा रहेको जिल्ला समन्य समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए। गुल्मी अस्पतालले गरेको प्रगतीले जिल्लावासीलाई सेवाप्रवाह ठिक छ भन्ने शन्दे दिएको उनले बताए ।
भौतिक संरचना अभावका बिचमा पनि अस्पताल तेस्रो स्थानमा ल्याउन निरन्तर खटिने स्वास्थ्य कर्मीको खटाइले प्राप्त उपलब्धीलाई जोगाइराख्न थप चुनौतिपनि थपिएको अस्पातल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।
अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ । भवन निर्माणको काम भने सुस्त गतिमा भइरहेकाले तोकिएको समयमै सम्पन्न नहुने देखिन्छ । गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् । पहिले पहाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या हुने गरेको थियो ।
न्यूनतम सेवा मापदण्ड मूल्याङकन सार्वजनिक कार्यक्रममा अस्पतालका विभिन्न सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । अस्पतालमा दिर्घ सेवा दिएका कार्यालय सहयोगी देवबहादुर बस्नेत सम्मान गरेको थियो । त्यस्तै अस्पतालमा उत्कृष सेवा प्रदान गर्ने हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ डक्टर प्रदिप सिवाकोटी, स्टाफ नर्स बिन्दु बिश्वकर्मा, सिनयिर अहेब रमेशप्रसाद पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिकाबाट स्पतालका लागि विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई पनि सम्मान गरिएको थियो ।।