काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोपको दोस्रो मात्रा चैत्र ६ गते देखि सुरु भएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप १४ वर्षका किशोरीहरूलाई गत भाद्र महिनाको अन्तिम हप्तामा दिइएकोमा ६ महिनापछि दोस्रो मात्रा दिनुपर्ने भएकोले पहिलो मात्रा लिएका किशोरीहरूले उक्त खोप कार्ड लिएर दोस्रो मात्रा लिनको लागि सम्बन्धित अस्पतालमा जानु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ ।
खोप लगाइने अस्पतालहरु कोशी अस्पताल, विराटनगरमा चैत्र ७ गते देखि, नारायणी अस्पताल, विरगञ्जमा चैत्र ७ गते देखि, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंमा चैत्र ८ गते देखि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा चैत्र ७ गते देखि, भेरी अस्पताल, नेपालगञ्जमा चैत्र ६ गते देखि, प्रदेश अस्पताल, विरेन्द्रनगर, सुर्खेतमा चैत्र ७ गते देखि, डडेलधुरा अस्पताल र डडेलधुरामा चैत्र १५ गते देखि एच.पि.भी खोपको दोस्रो मात्रा दिईएको छ ।
एच.पि.भी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्छ। दोश्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्छ ।एच.पि.भी खोप दुईमात्रा पुरा गरेमा पाठेघरको मुखको क्यान्सरबाट ९५% सम्म सुरक्षा प्रदान गर्दछ ।