क्षयरोग अर्थात टिबी रोग विश्वमा प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ। क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन।
क्षयरोग मुख्यगरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ। फोक्सो बाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली तथा प्रजनन् प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा आदिमा पनि हुने गर्छ। अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।
प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन्। जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन्। यद्यपि उपलब्ध खोप, निदान विधि, उपचार विधिको सहजता र जनचेतनाको कारणले जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ।
कसरी सर्छ यो रोग ?
संक्रमित व्यक्तिले खोक्दा, हाच्क्षियु गर्दा हास्दा नजिक बस्ने व्यक्तिलाई सर्ने गर्दछ। श्वासप्रश्वास फेर्दा निस्कने कणहरु हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने हुन्छ। जुन सबैभन्दा पहिला फोक्सोमा जाने र अन्य भागमा पनि फैलिने सम्भावना हुन्छ ।
क्षयरोगका कारण
- क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटानुले गराउने संक्रमण हो।
- प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ,
- संक्रमित बिरामीसँग सम्बन्ध,
- रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु (जस्तैस् एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर),
- जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु,
- तल्लो स्तरीय जीवनशैली,
क्षयरोगका लक्षणहरु
- लगातार खोकी लाग्ने ।
- रोग लागेका लामो समयपछि खोकीमा रगत देखापर्ने ।
- तौल घट्ने ।
- फोक्सो दुख्ने वा असजिलो महसुस हुने ।
- बेलुकापख ज्वरो आउनु ।
- छाति दुख्नु ।
- खाना अरुची हुनु ।
- श्वासप्रश्वासमा कठिनाइ ।
यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ। त्यस्तै, छाला र हड्डीमा क्षयरोग देखिएको छ भने बायोस्पी गरेर पत्ता लगाउन सकिन्छ। त्यस्तै, अन्य अङ्गमा जस्तै हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, मस्तिष्कमा हुँदा टाउको दुख्ने , बान्ता हुने आदि।
उपचार
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निस्शुल्क उपचार गर्दै आएको छ। जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्कक कदम चालिन्छ।
रोकथाम र नियन्त्रणका उपाय
- क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो। यसले बालबालिकादेख सवै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ ।
- सूर्ति मिसाएर वनेका कुनैपनि पदार्थ सेवन नगर्ने ।
- अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने ।
- शिशु जन्मनासाथ वा एकवर्षभित्र बि।सि।जी खोप दिने ।
- दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
क्षयरोगका बिरामिले ध्यान दिनुपर्ने कुराहरु
- स्वास्थ्यकर्मीको परामर्श लिई नियमितरुपमा पूरा समय९६ देखि ८ महिना०सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।
- औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने ।
- अन्य रोगको औषधि सेवन गर्नु परे स्वास्थ्यकर्मीको सल्लाह अनुसा खाने ।
- स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्यरुपमा एच।आई।भी।परीक्षण गर्ने र एच।आई।भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।
- क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने ।
- सधैं खाइरहने, घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस ख्वाउने ।