पछिल्लो समय धेरै मानिसहरुमा नसा च्यापिने जस्ता समस्याले धेरै सताएको पाईन्छ । त्यसमाथि पनि समयमै रोगको पहिचान हुन नसक्दा अझै बढि बिरामीले सास्ती भोग्नु परेको बिज्ञहरु बताउँछन् ।
कतिपय बिरामीहरुको नसा च्यापिएर शल्यक्रिया गरेर निकाल्ने भनिएको हुन्छ तर अहिले लेजर विकिरणबाट पनि उपचार गर्न सकिन्छ । लेजर थेरापीद्धारा मानव शरीरमा लाग्ने झन्डै चार सय प्रकारका रोगको उपचार गर्न मिल्छ भन्ने ल्याबसहित प्रमाणित भइसकेको छ ।
चार सय उपचार मध्येपनि धेरै जसो वा दैनिक रुपमा दुखाइका बिरामीहरु लेजर थेरापीमा आउने गरेका छन् । बिशेषगरी बाथको दुखाइ, अचानक हुने दुखाई, युरिक एसिड बढेर हुने दुखाईको समस्या लिएर बिरामीहरु लेजर थेरापी आउने गरेको लेजर थेरापी बिशेषज्ञ डा। शुसिला बैद्यले बताईन । उनले भनिन् पछिल्लो समय गर्दन , मेरुदण्डको नसा च्यापिएर दुखाइ सहनै नस्कने अवस्थामा अस्पताल आउने बिरामीको संख्या बृद्धि भइरहेको छ । पहिले पहिले शल्यक्रिया गरेर पनि फेरि बल्झिएर उपचार गर्न आएका बिरामीहरुको संख्या बढ्दो छ । कतिपय बिरामीहरु धेरै वर्ष पहिले बाट नसा च्यापिएर पनि आउने गरेका छन् ।
गर्धनको नसा च्यापिदा देखिने लक्षण
- हात माथि नजाने ,
- राती सुत्दा पुरै शरिर झमझमाउने, पोल्ने ,
- हातहरु कमजोर भएर एउटा गिलास पनि उठाउन नसक्ने ,
- थोरै लेखेपनि हात गल्ने
कम्मरको नस्सा च्यापिदा देखिने लक्षण
- दिसापिसाब गर्न गाह्रो हुने ,
- बस्न र उभिन गाह्रो हुने ,
- हिड्न गाह्रो हुने ,
- सुतेको समयमा कोल्टे पर्न नसक्ने
- सिधा हिड्न गाह्रो हुने,
- खुट्टाहरु पोल्ने, हिप दुख्ने
माथिका लक्षणहरु देखिदा घरमै केहि उपचार र मालिसहरु गर्दा सन्चो नभएको अवस्थामा बैकल्पीक उपचारका लागि लेजर थेरापीलाई लिन सकिन्छ । बिना शल्यक्रियाबाट एउटा लेजर विकिरणको एउटा कोर्स पुरा गरेपछि नै झन्डै ७० देखि ८० प्रतिशत सन्चो भयो भन्ने बिरामीहरु धेरै छन् ।
विकिरणबाट उपचार कसरी गरिन्छ ?
शुरुमा त बिरामीलाई के भएको छ भनेर रोगको पहिचान गर्न धेरै आवश्यक हुन्छ त्यसकारण बिरामीले कुनैपनि अंग दुख्यो भनेर आएपछि हामी आवश्यकता अनुसार एक्सरे वा एमआरआइ गर्न पठाउछौं यो सबै रिर्पोटको आधारमा कुन अंग बिग्रेको छ वा के मा असर गरेको छ पहिचान गर्नु पर्छ । बिग्रिएको मुख्य भागमा लेजर विकिरण दिनु पर्छ यदि त्यसको वरपरको भागलाई पनि असर गरेको छ भने त्यसमा पनि लेजर विकिरण दिन आवश्यक हुन्छ ।
लेजर विकिरण छालाको माथिल्लो भागबाट दिइन्छ यो विकिरण छालाको ४ देखि ६ सेन्टी मिटर भित्र सम्म जान्छ । भित्र जुन कारणले दुखेको हो वा नस्सा च्यापिएको हो जुन जुन भागमा कमि कमजोरी छ ती सबै भागलाई विकिरणले सन्चो बनाउदै लैजान्छ ।
लेजर थेरापी कति पटक गर्ने ?
समस्या कति पुरानो हो र कति दुखेको छ भनेर थाहा पाएपछि मात्र कति पटक लेजर विकिरण दिने भन्ने कुरा थाहा पाउँन सकिन्छ । जति छिटो बिरामी अस्पताल आउँछ त्यति नै कम विकिरणको डोज दिनु पर्ने हुन्छ । भने बिरामी जति ढिलो अस्पताल आउँछन् रोग पुरानो हुँदै गएपछि विकिरणको डोज पनि लम्बीदै जान्छ ।
बर्षौ देखि नसा च्यापिएको छ जहाँ उपचार गरेपनि सन्चो भएको छैन भने त्यस्ता व्यक्तिलाई ३ देखि ५ वटा कोर्स पुरा गर्नुपर्ने हुन्छ । पहिलो कोर्स २०-२० दिन र पछिल्लो कोर्स १०-१० दिन गरेर पाँच बटा कोर्स पुरा गरेपछि रोग ९० देखि १०० प्रतिशत नै निको भएको पनि छ ।
लेजर विकिरण दिइसकेपछि चिकित्सकले कुनैपनि काम गर्दा रोग फेरि पनि बल्झिन सक्छ भनेका छन् भने त्यो सबै कुरा पछ्याउदै गएपछि पुनः रोग नफर्किन सक्छ । तर सल्लाह नमानेर त्यहि काम गर्छ भने जुन सुकै रोग भएतापनि एक पटक लागेर फेरिपनि लाग्दनैन भन्न सकिदैन त्यसकारण उपचारपछि पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।