नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको नागरिक सामुदायिक अस्पतालले आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगिरहेको छ । स्वास्थ्यको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल यस अस्पतालले बिरामिको सहजता एवंम सेवा सुविधाका लागि बिरामीमैत्री अस्पतालका रुपमा पहिचान बनाएको छ ।
उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देश्यले यस अस्पतालको स्थापना भएको थियो । उपचार सेवामा करिब २ दशक बिताइसकेको यस अस्पतालले सर्जरी सेवालाई बढी नतिजामुखी बनाउनका लागि ल्याप्रोस्कोपी सर्जरीको सुरुवात गरिसकेको छ ।
समुदाय स्तरमा सञ्चालित अस्पताल भएकोले सस्तो मुल्यमा निजी अस्पतालको सरह स्तरीय स्वास्थ्य सेवा दिइरहेको अस्पतालका प्रवन्धक डा. विवेक श्रेष्ठले बताएका छन् । हामीले हप्तामा ७ दिन अस्पतालका नियमित सेवाहरू निःशूल्क क्षयरोग औषधी सेवा, परिवार नियोजन सेवा,सुरक्षित गर्भपतन सेवा र बालबालिकाहरुलाई निःशुल्क खोप शनिबार दिदैं आइरहेको छ । आकस्मीक सेवा, एम्बुलेन्स सेवा ,प्रयोगशाला सेवा ,एक्स रे सेवा, ट्रमा सेवा, फार्मेसी सेवा २४ सै घन्टा अस्पतालले प्रदान गर्दै आइरहेको उनले बताए । अस्पतालले आई सि यु मा भर्ना भएका बिरामिलाई तालिम प्राप्त नर्स तथा विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय सेवा दिई रहेको डा. श्रेष्ठको भनाई छ ।
अस्पतालको ओपिडी अन्तर्गत उपलब्ध विशेषज्ञ सेवाहरू
- जनरल फिजिसियन सेवा
- छाती रोग जाँच सेवा
- मुटु रोग जाँच सेवा
- जनरल सर्जन सेवा
- हाडजोर्नी जाँच र ट्रमा केयर सेवा
- प्रसूति तथा स्त्री रोग सेवा
- प्रजनन (IVF) सेवा
- बाल चिकित्सा सेवा
- मिर्गौला र युरोलोजी सेवा
- न्यूरोमेडिसिन र न्यूरोसर्जरी सेवा
- भास्कुलर सर्जरी (CTVS)
- प्लास्टिक सर्जरी
- नाक, कान, घाँटी जाँच सेवा
- आँखा जाँच सेवा
- छाला रोग सेवा
- बाथ रोग सेवा
- मानसिक रोग जाँच तथा परामर्श
- हेमाटोलोजी (रक्त रोग) सेवा
- फिजियोथेरापी सेवा
- दन्त सेवा
अस्पतालको भौतिक पूर्वाधारहरू एवंम मुख्य उपकरणहरू
- भेन्टिलेटर, BI-PAP, ABG सहितको ICU सेवा । GENCY र NAGARN COMMENTS
- सबै किसिमको परिक्षण हुने अत्याधुनिक उपकरण सहितको प्रयोगशाला
- मुटुरोग परिक्षण सम्बन्धि अत्याधुनिक Echo, TMT मेसिन
- अत्याधुनिक मेजर तथा माइनर अपरेशन थिएटर (OT)
- अल्ट्रा साउण्ड मेसिन,TVS
- इन्डोस्कोपी मेसिन
- सि.टि. स्क्यान मेसिन
- डिजिटल एक्स-रे
हाम्रो सञ्चालक समितीको चाहना भने मध्यम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सधै प्रयासरत्त रहनेछ । अस्पतालले सामुदायिक स्तरमा विभिन्न प्रकारको हेल्थ क्यापहरु गरिरहेको छ । भक्तपुरका विभिन्न स्कुलहरुमा गएर अस्पतालले स्वास्थ्य जनचेतनामुलक विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको डा। श्रेष्ठ बताए छन् ।