काठमाडौं - उदासिनता अर्थात डिप्रेशन मानसिक रोगहरुमध्ये सबैभन्दा बढि देखिने गम्भिर रोग हो । यस रोगले मानिसको अनुभुती, सोचाई र व्यवहारमा नकारात्मक असर पार्दछ ।
उदासिनता रोग लागेमा मनपर्ने वा आफुलाई मन लाग्ने कुराहरु गर्दा पनि मन नलाग्ने र उदास हुने गर्छ । जसका कारण भावनात्मक र शारीरिक कठिनाई हुने र व्यक्तिको काम गर्ने क्षमतामा पनि कमी आउँछ । यस रोगले महिलाहरुलाई बढि प्रभाबित गर्छ ।
आत्महत्याको विभिन्न कारणहरुमध्ये उदासिनता एक प्रमुख कारण हो । उदासिनता भएमा विभिन्न किसीमका लक्षण्हरु देखिने गर्छन । त्यसमध्ये केहि लक्षणहरु यस प्रकार रहेका छन् ।
लक्षणहरु
दुखित र निराश मनस्थिती हुने
कुनै कुरामा चाख नहुने र ध्यान दिएर गर्न नसक्ने
रुचिमा परिर्वतन आउन्, खाना खान मन नलाग्ने वा धेरै खान मन लाग्ने
निन्द्रा धेरै लाग्ने वा निन्द्रा नलाग्ने
थकाई महशुस हुने
खुशि हुनुपर्ने कुरामा खुशि हुन नसक्ने
बाँच्नु बेकार छ भन्ने जस्ता भावना उत्पन्न हुने
यस्ता लक्षणहरु २ हप्ता भन्दा बढि समयसम्म देखियो भने उदासिनता रोगको शंका गर्न सकिन्छ ।
कारणहरु
उदासिनता रोगका विभिन्न कारणहरु रहेका छन् तिमध्ये केहि कारण यस प्रकार रहेका छन् ।
घरायसी वातावरण अनुकुल नभएमा
औषधिको प्रतिकुल असर
पारीवारीक रोगको इतिहास
शारीरिक र यौन दुव्र्यवहार, मानसिक तनाव, साथि भाइ र पारिवारीक दबाब आदिले गर्दा पनि उदासिनता रोग हुने जोखिमलाई बढाउँछ ।
आफ्नो घर परिवारमा कसैलाई मानसिक रोगको लक्षण देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्य सस्था वा चिकित्सककोमा लगी जचाउँनुपर्छ साथै सल्लाह अनुसार उपचार शुरु गरिहाल्नुपर्छ ।
रोकथाम
बालकालिकालाई नैतिक, भौतिक र अध्यात्मिक शिक्षा, आचरण तथा वातावरणमा हुर्काउने
किशोर किशोरीहरुलाई समयमै उचित यौन शिक्षा र घर व्यवहारमा सहभागी गराउने
परिवार तथा समाजमा घुलमिल हुने तथा साथिभाइसँग नियमित समय बिताउने
शारीरिक तथा मानसिक अभ्यास तथा योगा नियमित गर्ने, आराम र निन्द्राको लागी निश्चित समयमा सुत्ने र निश्चित समयमा उठ्ने, स्वस्थ्य र सन्तिुलित खाना खानुपर्छ । धुम्रपान र मदिरापान जस्ता कुलतबाट टाढा रहने गर्नुपर्छ ।