दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्त्वपूर्ण अंगको रूपमा लिने गरिन्छ। दाँत स्वस्थ्य र बलियो भयो भने हाम्रो पाचन प्रक्रियालाई पनि फाइदा गर्छ । शरीरका अन्य अंगहरु स्वस्थ राख्नका जति आवश्यक छ ,त्यति नै दाँत स्वस्थ राख्न पनि महत्वपूर्ण हुन्छ। दाँत समग्र स्वास्थ्याका लागि अभिन्न अंग हो । तर, अहिले धेरैको दाँत कमजोर, अस्वस्थ्य हुँदै गएको छ । उमेर नपुग्दै दाँतमा विभिन्न समस्या देखापर्न थालेका छन् । त्यसैले धेरैले सक्कली दाँतको विकल्पमा नक्कली दाँत लगाएका छन् । दाँतमा के-के समस्या हुन्छ ? कृत्रिम दाँत कस्तो अवस्थामा राख्नुपर्छ ? कति सुरक्षित र दिगो हुन्छ ? कति खर्च लाग्छ ? यसै बारेमा निसर्ग हस्पिटलकी वरिष्ठ दन्त चिकित्सक तथा सुदुर-पश्चिमकै एकमात्र कृत्रिम दाँत विशेषज्ञ डा ज्योत्स्ना पौड्यालसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
दाँतमा के कस्ता समस्या देखिन्छन् ?
दाँतको सरसफाइमा हेलचेक्राइँ गर्दा विभिन्न समस्या जस्तै दाँतमा किरा लाग्ने, दाँत दुख्ने, गिजा सुन्निने, गिजाबाट रगत आउने, सास गन्हाउने, दाँत हल्लिने जस्ता समस्या धेरैमा देखिने गर्छन । हामीले खाएका खानेकुरा र दाँत तथा गिजामा हुने संक्रमणले दाँत खिइने, गिजा खिइने, कमजोर हुने, किरा लाग्ने, टुक्रिने र अन्त्यमा दाँत झर्ने गर्दछ।
किन कमजोर बन्दैछन् दाँत ?
दाँत तथा मुखको सरसफाईको कमि तथा नियमित चेकजाँच साथै सुन्तुलित आहारको कमिले दाँत तथा गिजाको समस्या देखा पर्दछ । विभिन्न खालको चिनियुक्त तथा टाँसिने खालको खानेकुराहरु धेरैपटक खाने बानिले दाँतमा किरा लाग्ने र दाँत दुख्ने समस्या हुन्छ । त्यस्तै दाँत नमाझ्ना तथा मुख स्वास्थ्यको उचित हेरचाह नगर्दा सास गन्हाउने, गिँजा सुन्निनेदेखि रगत आउने लगायतका समस्या देखा पर्छन् ।
कृत्रिम दाँत कस्तो अवस्थामा राख्नुपर्छ ?
कृत्रिम दाँत, दाँत नभएको खालि ठाउँमा राखिन्छ । कृत्रिम दाँत एउटा अथवा पूरै सेटसम्म राख्न सकिन्छ। कुनै कारण बस मुखमा चोर पटक लागेर दाँत झरेको, भोचिएर जरा मान नाँकि भएको, गिजाको रोगले दाँत जोगाउने नमिल्ने अवस्थामा पुरेको गरि हालिएको अवस्थामा कृतिम होते राख्ने विकल्प रहन्छ । बिग्रेको सौन्दर्यलाई सुधार्न, र अन्य दाँतलाई थप बिग्रन नदिनका लागि कृत्रिम दाँत राख्न सकिन्छ ।
कृत्रिम दाँत कति प्रकारको हुन्छ ?
कृत्रिम दाँत सामान्यतथा तीन प्रकारको हुन्छ । राख्ने/निकाल्ने दाँत, फिक्स दाँत र दाँत इम्प्लान्ट गरि तीन प्रकारको हुन्छ । जुन पद्धति आफ्नो लागि उपयुक्त हुन्छ त्यहि अनुसार कृत्रिम दाँत राख्न सकिन्छ ।
राख्ने/निकाल्ने दाँत(Remorable Denture) : यो दाँत दिनमा लगाउने र रातिमा निकालेर राख्ने खालको हुन्छ । खानेकुरा चपाउन र सौन्दर्यता कायम गर्न मद्दत गर्दछ । यो दाँत लगाउने २ देखि ५ पटकसम्म लाग्न सक्छ।
फिक्स दाँत( Fix denture) : यो दात प्राकृतिक दाँतको सहायताले लागाईने हुनाले यसलाई निकाल्न मिल्दैन। यो छेउको दाँतहरू स्वस्थ भएको अवस्थामा त्यसको आड लिएर दाँतलाई फिक्स गरिने गरिन्छ । यो दाँत राख्न दुई वा दुई भन्दा पटक लाग्छ सक्छ। यो दाँत राख्ने/निकाल्ने भन्दा बढी प्रका प्रभावकारी र टिकाउ हुन्छ ।
दाँत इम्प्लान्ट(Dental Implant) : दाते नभएको ठाउमा टाइटानियम(Titanium) ले वनेको नक्कली जरा राखिन्छ र उक्त जरामाथि दाँते राखिन्छ ।
यो कति सुरक्षित र दिगो हुन्छ ?
कृत्रिम दाँत सुरक्षित र दिगो नै हुन्छ । तर, कृत्रिम दाँत राख्दा विशेषज्ञ चिकित्सकको सहयोगमा मात्र राख्नुपर्छ । फिक्स दाँत ७ देखी १२ वर्ष चल्छ भने इम्प्लान्ट दाँत १० देखी ३० वर्ष चल्छ । तर दाँतको बिशेष ध्यान दिने र समय समयमा चिकित्सक जाँच गरने हो भने लामो समय पनि टिक्न सक्छ ।
कृत्रिम दाँत राख्न कति खर्च लाग्छ ?
कति वटा दाँत र कस्तो किसिमको दाँत लगाउनु हुन्छ भन्ने कुराले खर्च निर्धारण गर्छ । सामान्यतया झिक्ने लगाउने एउटा दाँतको दुई हजार रुपैयाँ देखि लगाउन सकिन्छ । भने फिक्स दौत लगाउँदा १२ हजार देखि नै लगाउन सकिन्छ । त्यस्तै दन्त प्रत्यारोपण (ईम्प्लान्ट) ४० हजार देखि लगाउन सकिन्छ ।
कृत्रिम दाँत राखेपछि ध्यान दिनु पर्ने कुराहरु
* झिक्ने लगाउने दाँत :
- सुत्दा निकालेस सुत्नुपर्छ
- नियमित सफा गर्नुपर्दछ ।
- खानेकुरा खाएपछि झिकेर सफा गर्नुपर्छ
* फिक्स दाँत / डेन्टल इम्प्लान्ट :
- नियमित २ चोटी व्रत गर्नुपर्छ
- नियमित चेकजाँच गर्नुपर्दछ ।
- नियमित फ्लस (Floss) गर्नुपर्दछ ।
दाँत सफा राख्ने ध्यानदिनुपर्ने कुराहरू
- वच्चाको दाँत आउनुभन्दा अघिदेखि नै नरम कपडाले गिजा सफा गर्नुपर्छ ।
- खाना खाईसकेपछि दिनमा २ पटक व्रत गर्नुपर्दछ ।
- गुलियो र टाँसिने खानेकुरा कम खाने । खाएपछि मुख कुल्ला गर्ने ।
- सुतिजन्य पदार्थको सेवन नगर्ने ।
- वर्षमा २ पटक दन्त चिकित्सकसँग जाँच गराउने ।