काठमाडौं - मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ । जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने हुन सक्छ । योग, आर्युवेद क्षारसुत्र लगायतका उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।
रगत नआउने पाइल्सबाट छुटकारा पाउने उपाय
१० मि.लि कागतीको रस र १० मि.लि ओलिभ तेल दुवै मिसाएर सिरिन्जको सहायताले राती सुत्ने बेलामा मलद्वार भित्र हाल्ने । यसले बिना कुनै कस्ट दिसा गर्न सहयोग पुर्याउँछ ।
पेटको नित्य मालिस लाभदायक हुन्छ ।
चुकन्दरको सेवन गर्ने
काँचो गाँजर वा काँचो गाँजरको रस नियमित खाने
दैनिक काँचो प्याज खाने
मुलाको सलाद खाने मुलालाई मसिनो बनाएर घिउमा भुटेर मिस्रि राखेर खाने
गौहुको जराको रस एकदमै फाइदाजनक हुन्छ ।
लौकाको पातलाई पिसेर पाइल्स भएको ठाउँमा राख्नाले केहि दिनमा पाइल्स निको हुन्छ ।
जिराको धुलो मिस्रि पानीसँग मिसाएर खानाले पाइल्सको दुखाई कम गर्दछ ।
रगत आउने पाइल्स
पुरा पाकेको मेवा दिउँसो खाने
काँचो प्याज खाने
१०० ग्राम जिरा, १२५ मि.लि मुलाको रस घिउमा बनाएर १ हप्ता खानाले जस्तोसुकै कठिन पाइल्स पनि हराउँछ ।
कालो तिल दैनिक खानाले दुवै किसिमको पाइल्समा फाईदा पुग्दछ ।
धनियाँको पातको रस मिश्रीमा मिसाएर खानाले तुरुन्तै लाभ दिन्छ ।
प्राकृतिक उपचार
तातो पानीमा मेग्निसियम सल्फेट नामक नुन हालेर २० मिनेट बस्नाले दुखाई कम गर्दछ ।
चिसो पट्टि वा चिसो प्याक पाइल्सको ठाँउमा १५ मिनेट जति राख्नाले आराम दिन्छ । आइस कहिले पनि सिधा राख्नु हुदैन ।
कपडा
कसिने खालको कपडा कहिले लगाउनु हुदैँन ।
भित्रि बस्त्रहरु सुतीको मात्र लगाउनु पर्छ ।
बेल्टहरु खुकुलो गरी लगाउनुपर्छ ।
पानी
पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
खानासँग पानी कहिले खानुहुदैँन ।
चिसो खाद्य पदार्थ खादै खानुहुदैँन ।
खाना
भोक लागेको बेला मात्र खानुपर्छ ।
राती ७ बजे भित्र खाना खाईसक्नुपर्छ ।
खानामा तरकारी ५० प्रतिशत भन्दा बढी खानुपर्छ ।
मैदा वा मैदाबाट बनेका खानेकुरा खानुहुदैँन ।
खाना राम्ररी चपाएर खानुपर्छ ।
निन्द्रा
निन्द्रा पुग्ने गरि सुत्नुपर्छ ।
बिहान ५ बजे भित्र उठ्नुपर्छ ।
दिसाका नियमहरु
दिसा रोकेर बस्नुहुदैँन, लागेको बेला गरिहाल्नुपर्छ ।
बलपुर्बक दिसा गर्नुहुदैन ।
दिसा गर्न जानु अघि २३ गिलास पानी पिउनाले दिसा गर्न सजिलो हुन्छ ।
दिसा बस्दा पत्रिका पढ्ने, मोबाइल चलाउने कहिले गर्नुहुदैँन । आरामसँग बसेर दिसा गर्ने बानि लगाउनुपर्छ ।
तौल
शरिरको तौल बढी भएमा घटाउन तर्फ लग्नुपर्छ ।