काठमाडौँ । बुधबार देखि काठमाडौँमा सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन आज पनि जारी छ । उक्त सम्मेलन स्वास्थ्य तथा जनसंख्या विषयका विविध पक्षलाई केलाइएका अनुसन्धानको प्रस्तुति र त्यस विषयमा छलफल भएरहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा कालाजार उत्पन्न गर्ने भुसुना पछिल्लो समय मधेशवाट पहाड चढ्न थालेको बताएका छन् । एचआईभी, टिबी, मलेरिया र कोभिड विरुद्ध लड्न लचिलो स्वास्थ्य प्रणाली विषयक प्रस्तुति सत्र मा का प्रा.डा.आनन्द बल्लभ जोशीले पछिल्लो समय कालाजार संक्रमण पहाडी क्षेत्रमा देखिन थालेको बताए । उक्त सत्र को अध्यक्षता डा. अनिल विक्रम कार्की र प्रा.डा. जनक कोइरालाले गरेका थिए।
‘हालैका वर्षहरूमा कालाजारको महामारी विज्ञान परिवर्तन भइ रहेको छ’ ‘, प्रा। डा। आनन्द बल्लभ जोशीले भने–‘नेपालमा अघिल्लो समय स्थानिक रूपमा कालाजार देखिने गरिएका गाउँहरूमा वर्षौ देखी कालाजारको नभेटे पनि नयाँ गाउ हरु कालाजार देखिने नयाँ क्षेत्रको रुपमा आएका छन् ।’ एचआईभी, टिबी, मलेरिया र कोभिड विरुद्ध लड्न लचिलो स्वास्थ्य प्रणाली विषयक प्रस्तुति सत्रमा अध्यक्षता डा।अनिल विक्रम कार्की र प्रा।डा।जनक कोइरालाले गरेका थिए।
साथै उक्त सम्मेलनमा दुई दिन अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा पोष्टरहरुको प्रस्तुतीकरण भएको छ । सम्मेलनको आज अन्तिम दिन रहेको छ । आज पनि सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल भईरहेको छ । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका विभिद विषयमा सामूहिक छलफल भईरहेको छ।
सम्मेलनको अन्तिममा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान गरिने छ । प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्येबाट एक एक जनालाई अवार्ड प्रदान गरिनेछ। साथै अन्य विधाहरु स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरुलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको १ जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मानित गरिनेछ। साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट प्रफर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ। यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल दृष्ट ओरेशन अवार्ड समेत प्रदान गरिने छ ।