काठमाडौं । नेपालको ३३.१९ प्रतिशत मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । जीवनको कम लागत, पारिवारिक समस्या, आफनो परिस्थिति (कम भीडभाड र अधिक गोपनीयता) का कारण उनिहरु ग्रामिण क्षेत्रमा बसोवास गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा वतावरणिय हिसाबले बसोवासका लागि राम्रो भएता पनि स्वास्थ्यमा पछाडि परेको छ । स्वास्थ्य सेवामा कम पहुँच, स्वास्थ्य बीमाबाट बन्चित, दिर्छ रोगिको उच्च दर, धुम्रपानको बढि प्रयोग जस्ता समस्या देखि रहेको छ । ग्रामीण भेगमा महिला स्वास्थ्य समस्या निकै गम्भीर रहेको छ । त्यसैले स्वास्थ्य पत्रकारहरूले ग्रामीण क्षेत्रको विषयमा पनि कलम चलाउनुपर्ने अति आवस्यक रहेको छ ।
यसै विषयमा काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले विभिन्न आउट्रीज सेन्टर संचालन गर्दै दुर्गममा बस्ने नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने काम गरिरहेको छ । यसै विषयमा चैत्र २७ र २८ गते धुलिखेल अस्पताल र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा ग्रामीण स्वास्थ्य र पत्रकारिता विषयमा धुलिखेल अस्पतालमा र दोलखा अस्पतालमा दुई दिने अभिमुखीकरण तालिम तथा अवलोकन भ्रमण सम्पन्न भएको छ । उक्त अवलोकन तथा अतर्क्रिया कार्यक्रममा स्वास्थ्यमा कलम चलाउने स्वास्थ्य पत्रकारहरुको सहभागीता थियो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ मकाजु श्रेष्ठले आउटरिच भ्रमणको शुभकामना दिँदै स्वास्थ्य पत्रकारहरू सहरमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रको विषयमा पनि कलम चलाउनुपर्ने बताए । डा.श्रेष्ठले भने ग्रामीण भेगका मानिसहरूले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले हालसम्म हामीले १८ वटा उटरिच सेन्टर सञ्चालन गरिरहेका छौं ।
ग्रामीण स्वास्थ्यको अवस्था तथा स्वास्थ्य पत्रकारिता मा स्वास्थ्य पत्रकारको भूमिका कस्तो हुनुपर्छ भन्ने स्वास्थ्य पत्रकारीताको पाठ्यक्रम बनाउने विषयमा समेत सहकार्य गर्ने धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.बिराज कर्माचार्यले बताए ।
त्यसैगरि अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ स्त्रीरोग विशेषज्ञ डा।सुमनराज ताम्राकारले ग्रामीण भेगमा महिला स्वास्थ्य समस्या निकै गम्भीर रहेकाले धुलिखेल अस्पतालले ग्रामीण भेगका महिलालाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउनका लागि अस्पतालले माइक्रो फाइनान्स संचालनका लागि सहयोग गरेको बताए।
दोलखा अस्पतालका इन्चार्ज डा. शैलेश प्रसाद श्रेष्ठले दोलखा अस्पतालमा दिइने स्वास्थ्य सेवा र आम नागरिकले पाएको सेवा नै आफ्नो सन्तुष्टि रहेको बताए ।
धुलिखेल अस्पतालको सहाकार्यमा दोलखाका ग्रमिण महिलाको स्वास्थ्य क्षेत्रमा समुदाय स्वास्थ्य सहयोग गर्नुको मुख्य लक्ष्य रोगको उपचार गर्नुभन्दा रोग नै लाग्नु नदिनु उत्तम हो भन्ने रहेको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम दोलखाकी संयोजक डा.लक्ष्मी भट्टराईले बताइन् । उनले भनिन् दोलखा जिल्लाका ४ पालिकामा सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत ४४ जना स्वयं सेवक खटाएको छ ।
उनीहरु हरेक दिन बिहान ९ बजे देखि ४ बजेसम्म प्रत्यक घरमा गएर स्वास्थ्यमा भएका समस्याबारे जानकारी लिने स्वास्थ्य संस्था जान सल्लाह दिने गर्दछन् साथै स्वास्थ्यमा हुने समस्याबारे जानकारी दिने र स्वास्थ्यका समस्या समाधान गर्न सहजिकरण गर्ने गरेका छन् ।
उनीहरुले सङ्कलन गरेका समस्यालाई पहिचान गरी बिरामीलाई स्वास्थ्य संस्था पुर्याउने, सरकारी निकायद्वारा खटिएका महिला स्वास्थ्य स्वयमसेवीकाहरुसँग सहकार्य गर्ने जस्ता महत्वपूर्ण काममा मदत पुर्याईरहेका छन् । डा.भट्टराई भनिन भिमेश्वर नगरपालिकामा १५ जना, कालिञ्चोकमा ११ जना स्वयं सेवक रहका छन् । भने तामाकोशी र वैतेश्वरमा ९–९ जना स्वयं–सेवक खटिएका छन् ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार पत्रकार प्रवीण ढकाल, साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारी, स्वास्थ्य पत्रकार अतुल मिश्र,स्वास्थ्य पत्रकार भगवती तिमल्सिना तथा राससका सम्पादक विष्णु नेपालले आफ्नो स्वास्थ्य पत्रकारीका गर्दाका अनुभव तथा स्वास्थ्य रिपोर्टिङका विषयहरुबारे आफ्ना धारणा राखेका थिए।