ठोस वा तरल पदार्थ निल्न गाह्रो हुने अवस्था लाई डिस्फ्याजिया भनिन्छ । सामान्यतयाः घाँटी र भोजननली मा भएका मांसपेशीहरू ले लयवद्धरूप मा मुख देखि पेट सम्म ठोस र तरल पदार्थ पुरयाउने काम गर्दछन् । खाने कुरा लाई अगाडि धकेल्न मांसपेशीहरू खुम्चने र फुक्ने क्रिया लाई अंग्रेजी मा ‘पेरिस्ट्याल्सिस मूभमेन्ट’ भनिन्छ ।
ठाउँ विशेष वा शारीरिक रोग का कारण घाँटी र भोजननली बीच समन्वय को अभाव वा भोजन नली को संकुचन भएमा डिस्फ्याजिया हुन्छ।यसले खोकी, निस्सासिने, अनियन्त्रित रूपमा रयाल चुहिने, घाँटी मा वा छाती मा भोजन अड्किएको अनुभूति हुने, तौल मा गिरावट आउने, बारम्बार निमोनिया भइरहने, आवाज वा बोलीमा परिवर्तन ल्याउने आदि हुन सक्दछ ।
समस्या भएको ठाउँ विशेष अनुसार डिस्फ्याजिया लाई भोजननली को डिस्फ्याजिया र मुख सम्बन्धी डिस्फ्याजिया गरी दुई भाग मा वर्गीकरणगर्न सकिन्छ । यो कुनै वाह्य अवरोध वा मुख र भोजननली का मांसपेशी बीच को समन्वयात्मक व्यवहार को कमी का कारण हुन सक्दछ ।
कारणहरू :
१. निम्न कारण ले घाँटी वा भोजननली मा अवरोध हुन सक्दछः
- भोजननली मा असामान्य संकुचनः दीर्घकालीन अम्ल प्रतिवाह , खारयुक्त तत्वहरू जस्तै क्षार वा अम्लीय तत्वहरू बढ्ता भएको भोजन ग्रहण ।
- घाँटी को गम्भीर दुखाईः टन्सिलाइटिस, टन्सिल वरिपरि पीप जम्नु ।
- भोजननली को सूजन (रगत मा स्थित सेता रक्तकोषहरू को अधिकता बाट हुने भोजननली को सूजन), विकिरण को अधिकता बाट हुने सूजनवा संक्रमण (एक प्रकार को फिंज जस्तै ढूशी, हर्पिस सिम्प्लेक्स बाट हुने छाला को रोग) ।
- ट्यूमरः घाँटी वा भोजनली को हानिरहित वा घातक ट्यूमर ।
- भोजननली को गोलाई, जालो वा वाह्य पदार्थ ।
- पिण्ड (विस्तारित रंगहीन क्षार को पिण्ड, रूद्रघण्टी को ग्रंथी) किलकिले वा भोजननली लाई बाहिर बाट दबाब दिन फैलिएको ठूलो धमनी ।
२. गति मा अवरोधः मांसपेशी वा स्नायुक्रिया मा कमी आएमा निल्न गाह्रो हुन सक्दछ ।
- पेट मा खाना नपुग्नु (आकालासिया): भोजन नली को तल्लो भाग मा स्थित खाने कुरा निले पछि फुक्ने स्फिन्क्टर ले काम गर्न नसक्नालेभोजननली मा हुने पेरिस्ट्याल्सिस (खानालाई तल सर्न दबाब दिने संकुचन) गति नहुनु ।
- भोजननली माथी हुने दबाब को फैलावट ।
- अत्यधिक कठोर (स्क्लेरोडर्मा): प्रतिरक्षा प्रणाली मा असर गर्ने संयोजक कोशिका को दीर्घ रोग ।
- टाउका को स्नायु मा वा मेरूदण्ड मा भएको चोटपटक
- पार्किङ्गसन रोगः पुरानो, क्रमिक रूपले बढ्दै जाने स्नायु तन्त्र को अपक्षय ।
- मस्तिष्काघात
चिकित्सक लाई कहिले भेट्ने ?
डिस्फ्याजिया सँगै सास लिन गाह्रो भएमा र निल्दा गाह्रो र दुख्ने भएमा अस्पताल को आपतकालीन विभाग मा सम्पर्क गर्नुपर्दछ ।
यदि डिस्फ्याजिया सँगै निम्न लक्षणहरू देखिएमा चिकित्सकीय सल्लाह आवश्यक पर्छ-
- स्टर्नम (छाती को अगाडि रहेको करंग जोडिएको भाग) देखि भित्र छाती मा पीडा भएमा
- तौल मा कमी आएमा
- निल्न गाह्रो भएमा
- हुचुक्क बान्ता भएमा
- दैनिक काम मा व्यवधान भएमा
उपचार का विकल्प :
डिस्फ्याजिया को उपचार तेसको कारण मा निर्भर गर्दछ । कारण पत्ता लगाउन पूरै इतिवृत्त, शारीरिक परीक्षण र आवश्यक परीक्षणहरू गर्नु पर्छ । ती परीक्षण अन्तर्गत ब्यारियम निलेर गरिने भोजननली को एक्सरे, खाना प्रवाह हुने उपल्लो आन्द्रा को इण्डोस्कोपी, ल्यारिङ्गोस्कोपी, भोजननली को हावा जाँच्ने यन्त्र र खाना प्रवाह हुने उपल्लो आन्द्रा को अवस्था अनुगमन गर्ने एक्सरे जाँच, छाती को एक्स–रे र सीटी स्क्यान आदि पर्दछन् ।
- टन्सिलाइटिस र एपिग्लोटाइटिस को उपचार उपयुक्त एण्टीवायोटिक द्वारा गरिन्छ ।
- भोजननली को अम्ल प्रतिप्रवाह रोग को उपचार प्रोटोन पम्म इन्हिविटर (पान्टोप्राजोल) द्वारा गरिन्छ ।
- ट्यूमर वा बाह्य पदार्थ द्वारा भोजननली वा घाँटी को यान्त्रिक व्यवधान भएमा शल्यक्रिया गरेर हटाइन्छ ।
- भोजननली मा भएको संक्रमण का लागि एण्टिबायोटिक/एण्टिफंगल दिइन्छ ।
- रोग को कारण को पहिचान नहुञ्जेलसम्म भोजन र तरल पदार्थ पेट मा पुरयाउन ट्यूव को प्रयोग गरिन्छ ।
- निल्न सजिलो हुने हल्का र झोलयुक्त भोजन को प्रयोग शरीर को पोषण अवस्था कायम राख्न र रोग प्रतिरोधक क्षमता को क्षय रोक्न गरिन्छ ।
- फैलिएको किलकिले (रुद्रघण्टी) वा बाह्य खटिरा को व्यवधान रोक्न औषधी द्वारा उपचार गरिन्छ वा शल्यक्रिया द्वारा हटाइन्छ ।
- स्नायुतन्त्र को रोग का कारण डिस्फ्याजिया भएमा त्यसको उपचार का लागि स्नायुविद् (न्यूरोलोजिष्ट) लाई देखाउनु पर्दछ ।
- भोजननली को संकुचित क्षेत्रलाई तान्न वा फैलाउन केही साधनहरू (उपकरणहरू) पनि प्रयोग गर्न सकिन्छ ।
- पार्किङ्गसन रोग को उपचार लोभो–डोपा (डोपामाइन) द्वारा गर्नु पर्दछ ।