भनिन्छ, एउटा बच्चा हुर्काउन पुरा गाउँ जुट्नुपर्छ । यसको अर्थ हो, आमाबुबाले आफ्नो बच्चा हुर्काउनको लागि धेरैको सहयोग लिन्छन् । तर, प्रविधि यति चलाख भयो भने तपाईंलाई अरुको सहयोगको आवश्यकता नै पर्दैन । भर्खर-भर्खरै आमाबुबा बनेका दम्पत्तीले आफ्नो निद्रा बलिदान गरेर यो खुसीको मुल्य चुकाउनु पर्छ ।
धर्तीमा भर्खरै अवतरित भएको जिन्दगीको हेरचाहका क्रममा राम्ररी निदाउँन पाइँदैन । किनभने सानो बच्चा जतिखेर पनि उठेर रुवावासी गर्न सक्छ । बच्चा हुर्काउने क्रममा आइपर्ने चुनौतिमध्ये यो पहिलो हो । कहिलेकाहीँ यसले बाबुआमाको मजबुत सम्बन्धमा पनि फाटो ल्याइदिन्छ । निद्रा नपुग्दा उनीहरुको स्वास्थ्यमा पनि नराम्रो असर गर्न सक्छ । तर, के एक्काइसौं शताब्दीमा यो सदियौं पुरानो यस समस्याको हल खोजिएको छ त ?
के छन् यसका विशेषता ?
यो एक यस्तो ओछ्यान हो, जुन आँफै हल्लिन सक्छ । झोलुंगो चाहिँ होइन । यसले बच्चालाई हल्लाउँदै सुताउन सक्छ । प्रविधिको यो नयाँ प्राप्तिले नवजात शिशुका आमाबुबालाई आनन्दसँग सुत्न सहयोग मिल्ने छ । ‘स्नू’को सबैभन्दा राम्रो पक्ष भनेको यसले बच्चालाई आमाको गर्भमै रहेको महसुस गराउँछ । आमाको कोखभित्र हुने तरंग र झिल्लीले घेरिएको महसुुस बच्चालाई गराउँछ ।
तर, प्रश्न यो उठ्न सक्छ के यसले आमाको स्पर्श महसुुस गराउँछ ? जब बच्चा रोएको आवाज आउँछ, यो बिस्तराले थाहा पाउँछ र यसले आफ्नो डाटामा जडित सबैभन्दा शान्त स्वर र हिँडाउने डुलाउने विकल्पलाई रोजेर बच्चालाई शान्त गराउँछ । ‘स्नू’ का निर्माताहरुको दाबीअनुसार यो गर्भ भित्रको परिवेशलाई समेटेको उपकरण हो । यसले बच्चाको निन्द्रा एकघन्टा भन्दा धेरै बढाउने उनीहरुको भनाई छ ।
बच्चालाई सुताउने कला
स्नूले बच्चालाई आराम पनि दिन्छ । यसमा सुत्ने एक अलग भाग हुन्छ, जुन विस्तरासँग जोडिएको छ । त्यसले बच्चालाई हल्लाउँछ र उनीहरुलाई पिठ्युँको बलमा आरामले सुताइराख्छ । अमेरिकन एकेडेमी अफ पेडियाटि्रक्सका अनुसार बच्चालाई पिठ्युँको बलमा मात्रै सुताउनु पर्छ । त्यस्तै बि्रटिश एनएचएससँग जोडिएको संस्थाले पनि यहि सल्लाह दिन्छ ।
बच्चा यदि घोप्टो परेर सुत्ने गर्छन् भने उनीहरु अचानक हुने मृत्यु अर्थात सडन इन्फेन्ट डेढ सिन्ड्रोमको शिकार हुने खतरा रहन्छ । अमेरिकामा हरेक वर्ष यो सिन्ड्रोमले ३५०० भन्दा धेरै बचचाहरुको मृत्यु भइरहेको छ ।
बदलिँदै छ जिन्दगी
स्नूलाई स्विस डिजाइनर येब्स बेहरले बनाएका हुन् । उनलाई आफ्नो आविष्कारमा धेरै गर्व छ । बेहर भन्छिन्, ‘स्नूले मानिसहरुको जिन्दगीलाई साँच्चै बदलिरहेको छ । यो प्रविधिमा मानव संवेदना पनि रहेको छ जुन आमा-बुबा दुवैको लागि वरदान हो ।’ बेहरका अनुसार यो धेरै चतुर डिजाइन हो । स्नूको डिजाइनमा यसको सेन्सर रोबोटिक अक्कल र माइक्रोफोन यसरी छोपिएको छ कि बाहिरबाट केही देखिँदैन । यसले बच्चालाई मुलायम र धुन सकिने कम्बलमा लपेटेर सुरक्षित राख्छ । देख्नमा पनि स्नू धेरै आकर्षक छ ।
स्नूका निर्माताले यसलाई पर्सनल असिस्टेन्ट भन्छन् । यसले चौबिसै घन्टा तपाईंको बच्चाको ख्याल राख्न सक्छ तर, यसको निगरानी आवश्यक छ । कुनै मेसिनरी सुसारेले तपाईंको बच्चामा लगातार निगरानी गर्ने र त्यसलाई सुताउने सोचाई अचम्मको छ तर, केही मानिसहरुलाई यसले समस्या पनि हुन सक्छ ।