काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ई सिगरेटको आयात, उत्पादन तथा उपभोगमा प्रतिवन्ध लगाउने तर्फ ध्यानाकर्षण गराउँदै भन्सार विभागलाई पत्र लेखेको छ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर पठाइएको छ।
सरकारी निकायलाई ध्यानाकर्षण पत्र पठाउँदा केन्द्रले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ को दफा २८को उपदफा ३ उल्लेख गरेको छ । सो उपदफामा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री बितरण,सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन, भने व्यवस्था छ ।
कार्यान्वयनको लागि सम्बन्धित निकायहरुलाई पत्राचार गर्न भनी श्रीमान् महानिर्देशकज्यू स्तरबाट समेत निर्णय भई आएकोले सुर्तीजन्य पदार्थ ई(सिगरेट ९भ्यापिङ० को उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन निषेध कार्य कार्यान्वयनको लागि अनुरोध गरेको कुरा पत्रमा उल्लेख गरिएको छ ।