काठमाडौं । दम भन्नाले सरल भाषमा मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझ्न सकिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा श्वास प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ दमको रोग कुनै पनि उमेरका मानिसलाई हुन सक्छ ।
बारम्बार श्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने अवस्था हो। दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन्, जसले गर्दा फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँछ। दमका रोगीहरूलाई विभिन्न कुराबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तै धुलो केही खाद्य वस्तुको धुलो, व्यायाम, चिसो हावा लगाउने रंग चिन्ता र अन्य दम बढाउने वस्तु । कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि लक्षणहरूलाई बढावा दिन्छ।
बदलिदो मौसममा दमलाई कम गर्न निम्न उपाय अपनाउनु अत्यावश्यक छः
१.धुमपान र धुवाँवाट बच्ने
जाडो छेक्न घरभित्र बालिने धुवाँले फोक्सोमा इरिटेशन हुन सक्छ। बिशेष गरी दाउरा,इट्टा,मट्टितेलको हिटर,गुइँठा जस्ता आगोले फोक्सोमा इरिटेशन ल्याउँछ।
२.दमको उपचार व्यवस्थापन गर्ने
राम्रोसंग दमको उपचार गरेमा चिसोको कारण थप बढ्ने दमलाई घटाउन सकिन्छ । यो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकी लाग्नबाट बच्न सकिन्छ।
३. दमरोगीले आउन सक्ने भाइरल संक्रमणबाट बच्नको लागि आफ्नो चिकित्सकको सल्लाहमा निमोनियाँ बिरुद्धको खोप लिनु उचित हुन्छ।
४.आफ्नो दमको अवस्था बारे जानकारी
दम पहिचान भइसकेको छ भने आफ्नो चिकित्सकलाई शरिरमा भएको अल्फा–१ एन्टिट्राइप्सनको अवस्था थाहा पाइराख्नुपर्छ । यो यस्तो अवस्था हो शरिरले प्रर्याप्त प्रोटिन उत्पादन गर्न सक्दैन र जसले फोक्सो र कलेजोलाई नष्ट हुनबाट बचाउँछ।
५.बिरामीवाट टाढै रहने
चिसो मौसममा सामाजिक सम्वन्ध र अन्तरक्रियामा कसरी सहभागी हुने भन्ने बारेमा सामान्य दिमाग लगाउनुपर्छ । बालबालिकाको समुहबाट र रुघाखोकी लागेका बिरामीको छेउमा जानुहुन्न । यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ।
६.प्रर्याप्त मात्रामा पानी पिउने
प्रर्याप्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ। बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा सहज हुन्छ।
७.नियमित हात धुने
किटाणुसंग लड्नको लागि राम्रोसित हात धुनु सवै भन्दा राम्रो सफाइ हो। आँखा,मुख छुनु अघि आफ्नो हात राम्रोसंग धुनुपर्छ ।
दमका विरामीले कुन–कुन कुरामा सावधान रहनु पर्छ ?
- दमबाट बच्नका लागि घरको धुलो र धुवाँबाट मुक्त रहनु पर्छ ।
- एयर कन्डिशन र पंखामा लामो समय बस्नु हुँदैन ।
- आफ्नो इन्हेलर सधैं आफैंसंग राख्नु पर्छ र स्टेरयडको प्रयोग डाक्टरको सल्लाह अनुसार गर्नु पर्छ ।
- शरीरलाई जति सक्दो तातो राख्ने कोशिश गर्नु पर्छ ।