काठमाडौँ । एशियन फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधि र अन्तर्राष्ट्रिय औषधिको गुणस्तर बराबर भएको एक अध्ययनले देखाएको छ ।
काठमाडौँ विश्वविद्यालय फार्मेसी विभागले सन् २०२३ मा गरेको ‘बाईइक्युभ्यालेन्स स्टडी’बाट इन्नोभेटर ब्राण्डसंग एशियनको भाल्प्रोट र अर्को एक औषधिबीच बायोइक्युभ्यालेन्स अध्ययन गरेको थियो।
अध्ययनमा मानसिक रोगको बाइपोलार डिसअडर र छारेरोगमा प्रयोग हुने ‘भाल्प्रोट ५०० एक्सआर’ ९सोडियम भल्प्रोएट र भल्प्रोइक एसिड० औषधि र अन्तर्राष्ट्रिय औषधिको गुणस्तर बराबर आएको हो।
सन् २०२३ मा गरेको स्टडीबाट एशियन र इन्नोभेटर ब्राण्डबीच औषधिको प्रभावकारिता तथा गुणस्तर मापन गर्दा मिल्ने गुणस्तर रहेको अध्ययनमा संलग्न केयूको फार्मेसी विभागकी एसोसियट प्रोफेसर रजनी शाक्यले जानकारी दिइन्। उनका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२३ को जुन १६ मा अनुमति दिएपछि २०२३ जुलाई १३ बाट धुलिखेल अस्पतालमा अध्ययन गरिएको थियो। १८ देखि ६० वर्ष उमेरका १५ जना स्वस्थ व्यक्तिमा उक्त औषधिको अध्ययन गरिएको थियो।
वाईइक्युभ्यालेन्टका लागि केयुले १५ जना स्वस्थ व्यक्ति छनौट गरी औषधिको प्रभावकारिता परीक्षण गरेको थियो । हेल्दी भोलेन्टिरयलाई दुई समूह बनाएर एशियन र इन्नोभेटर ब्राण्डको औषधि हालियो र त्यसको प्रभावकारिता जाँच गरिएको थियो । सात दिनको अन्तरमा समूहहरुमा दुबै औषधि हालियो र नतिजामा कुनै फरक पन देखिएन,’ उनले भनिन् ।
शाक्यका अनुसार नेपालमा औषधिहरुको यसरी बायोइक्युभ्यालेन्स परीक्षण १२ वर्षपछि भएको हो। ‘औषधिहरुको बायोइक्युभ्यालेन्स परीक्षण हुनुपर्छ,’ उनले भनिन्, ‘तर अहिले गरिएको परीक्षण पनि १२ वर्षपछि भएको हो। यस्ता खालको परीक्षणमा जोड दिन आवश्यक छ।’ यो औषधि रुपन्देहीमा फ्याक्ट्रि रहेको एशियन फर्मास्युटिकल्स २६ वर्ष देखि औषधि उत्पादन गरिरहेको छ ।