धनगढी । डडेल्धुराको परशुराम नगरपालीकाको सहकार्यमा जोगबुडा अस्पताल, लालढुङगामा शनिवार आयोजना गरिएको स्वास्थ्य शिविरमा १ हजार २ सय जनाले स्वास्थ्य सेवा लिएका छन्।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, जोगबुडा अस्पताल, जोगबुडा तथा लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, जनरल सर्जरी तथा युरो सर्जरी सम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन९जनरल मेडिसिन०सम्बन्धी विशेषज्ञ सेवा, हाडजोर्नी, नशा तथा बाथरोगसम्बन्धी विशेषज्ञ सेवा, मानसिक तथा नशारोग सम्बन्धी विशेषज्ञ सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे, ईसिजी लगाएतका जाँचहरु तथा औषधि वितरण सेवा समेत निःशुल्क प्रदान गरिएको र थप चेकजाँच उपचार तथा अप्रेशन गर्नुपरेमा ३० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताए । शिविरमा उक्त क्षेत्रका १ हजार २ सय जना नागरिकले स्वास्थ्य सेवा लिएको निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीले जानकारी दिए । लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोका अध्यक्ष कुरेब बहादुर शाहीले बताए।
हस्पिटलले नवजात शिशु तथा बालरोग, स्त्री तथा प्रसुती रोग, न्युरो मस्तिस्क, नशा तथा मेरुदण्ड रोग, छाला यौन कुष्ठरोग तथा सौन्दर्ग सेवा, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी, जनरल मेडिसिन, मानसिक रोग, बालरोग, मुख अनुहार तथा बंगारा रोग, दन्तरोग, आईसीयू, एनआईसीयू, रेडियोलोजी, एनेस्थेसिया लगाएतका सेवा प्रदान गर्दै आएको छ ।