पिनास (साइनुसाईटिस) टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुमा हावाको साटो सिँगान भरिनु,मासु पलाउनु, ढुसि जम्मा भयो भने यस लाई पिनास भनिन्छ । पिनासलाई एक्युट साइनोसाइटिस र क्रोनिक साइनोसाइटिस दुई किसिमले हेरिन्छ ।
एक्युट साइनोसाइटिस (पिनास) : ४ हप्ता भन्दा कम समय हुने पिनास भाइरल, एलर्जीक, व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ ।
क्रोनिक साइनोसाइटिस (पिनास) : ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास क्रोनिक साइनोसाइटिस हो । एलर्जीक भएका व्यक्तिहरुमा देखिने गर्दछ । यो अवस्थामा नाक भित्र मासु पलाउन सक्छ ।
साइनस ४ प्रकारका हुन्छन
म्याकिजलरी साइनस : यो जन्म देखि नै हुने र धेरै इनफेक्स हुने साइनस हो । नाकको वरिपरि र अनुहारको हड्डीमा हावा भरिएको भागलाई प्यारानाजल साइनस भनिन्छ । यो अनुहारको पछाडिको भागमा हुन्छ ।
इथमोइडल साइनस : बच्चामा धेरै संक्रमण हुने साइनस हो । यो आखाहरुको बिचको भागमा हुन्छ । योआँखाको नजिक हुने भएकाले आँखा सुनिने आँखा धमिलो देख्ने पनि हुनसक्छ ।
फ्रन्टल साइनस : यो आखिभैँको बिचमा निधारमा हुन्छ । यो दिमाग नजिक हुने हुदा लामो समय सम्म उपचार गरिएन भने टाउको मा समस्या हुन सक्छ ।
स्फेनोइडल साइनस : यो बाहिर बाट नदेखिने भित्र पट्टि दिमाग सँग टासिएको हुन्छ । यो पिनासले सुरुवाति अवस्थामा खासै असर गर्दैन् । यसले असर गरेको खण्डमा पिनास धेरे बिग्रोको भने बुझिन्छ ।
पिनासका लक्षणहरु
- टाउको दुख्ने
- नाक बन्द हुने
- नाकबाट सिंगान वा पानि बगिरहने
- अनुहारका भागहरू दुख्ने
- ज्वरो आउने ।९ प्राय एक्युरमा ०
- अघिल्लो भाग निधारमा दुखिरहने ।
- आँखा बाट आसु आइ रहने ।
- नाकबाट बाक्लो सिँगान बग्ने
- मुखबाट खकार आउने
- खोकी लागिरहने
- नाकले कुनै बास्ना/गन्ध थाहा नपाउने
यस्ता लक्षण देखिएका तरुन्त चिकित्सकको सल्लाह लिने र आवस्यक जाँच गरेर औषधि सेवन गर्ने ।
पिनासका कारण
पिनास विभिन्न कारणले हुन्छ । एलर्जी, भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा पनि पिनास हुन्छ । अहिलेको अवस्थामा धेरै एलर्जीका कारण पिनास हुने गर्छ । बालबालिकामा देखिने पिनासका कारण नाक र कानलाई जोडने इस्टाच्युन ट्युवको संक्रमण वा अन्य जन्मजात रोगले गर्दा हुन्छ ।
पिनासको उपचार
कुनै पनि रोग लाग्नै नदिनु उत्तम मानिन्छ । तर, रोग लागिसकेपछि उपचार गर्नुपर्ने हुन्छ ।उपचार सुरुगर्दा सबै भन्दा पहिले के कारणले रोग लागेको त्यो पता लगाउनु पर्छ । रोगको निदानका लागि रोगको इतिहास बारे थाहा हुन जरुरि हुन्छ । त्यस पछि एक्स-रे, सिटी स्क्यान गरेर पिनास ग्रन्थीमा कहाँ कहाँ र कति समस्या छ भने पत्ता लगाउन सकिन्छ ।
पिनासको उपचार मेडिकल र सर्जरी यो दुई तरिकाले गरिन्छ । धेरैजसो पिनास औषधिले निको हुन सक्छ । औषधिको प्रयोगले वा एन्टिबोयोटिकले निको नभएपछि मात्र शल्यक्रिया गरिन्छ। समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने भएकाले रोगको कारण पत्ता गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।
के खाने ? के नखाने ?
यस उपचारका लागि एलर्जी जाँच गर्ने सकिन्छ र के कारणल एलर्जीे बढिरहेछ त्यो पत्ता लगाई ति कुरा बाट टाढा बस्ने । यदि एलर्जी रियाक्सन छैन भने खानामा कुनै किसिमको रोक्टोक हुदैन । तर पनि सके सम्म निम्न कुरा नखादा राम्रो हुन्छ ।
- तारेको खाना,
- संरक्षित खाद्यान्न,
- कोल्ड ड्रिङ्क,
- स्टार्चयुक्त खाना,
- आफुलाई असहज हुने खाने कुरा,
रोकथाम र बच्ने उपाय
पिनास मौसमी कारणले बढी हुने भएकाले यो समयमा न्यानो भएर बस्ने, चिसो खानेकुरा सकेसम्म नखाने, एलर्जीको कारण पता लगाई त्यसबाट जोगिने रुघा लामो समयसम्म निको भएन भने चिकित्सकको परामर्श लिन सकिन्छ । पिनास प्राय एलर्जीका कारण हुने गर्छ । त्यसैले पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ ।
- ढुसी भएको खाने कुरा नखाने ।
- माक्सको प्रयोग गर्ने ।
- धुवा धुलोबाट बच्ने ।
- धुम्रपान नगर्ने ।
- रुघाखोकी लागेका व्यक्तिहरूबाट टाढा बस्ने ।
- मौसमी संक्रमणबाट बच्ने ।
- नाक, कान घाटीको संक्रमण भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गर्ने ।
- नाकको सफाईमा विशेष ध्यान दिने ।
नाक, कान घाटि सम्बन्धि कुनै पनि समस्या देखा परे तुरुन्त चिकित्सकको परामर्श लिने ।
(नाक, कान, घाँटी रोग विशेषज्ञ डा प्रशान्त पौडेलसंगको कुराकानिमा आधारित)