काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ ।
स्वास्थ्यका लागि हानिकारक भन्दै भारतमा उत्पादन हुने एभरेष्ट र एमडीएच ब्राण्डका मसला बिक्री वितरण नेपालमा पनि प्रतिबन्ध लगाएको हो । ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको खाद्य तथा गुण नियन्त्रण विभागले जानकारि दिएको छ ।
सो ब्राण्डका मसलाको आयातमा रोक लगाउनुको साथै नेपाल आइसकेका मसला फिर्ता पठाउन मातहतका निकायलाई विभागले पत्राचार गरेको छ ।
यी दुवै ब्रान्डका मसला अखाद्य भएकाले हङकंङ, सिंगापुर, लगायतका विभिन्न मुलुकमा खरिद–बिक्रीमा प्रतिवन्ध लगाएको छ । र अब सो ब्राण्डका मसला बिक्री बितरणमा नेपाल सरकारले पनि औपचारिक रुपमा प्रतिवन्ध लगाएको छ ।
हङकङ र सिंगापुरमा उक्त ब्रान्डका मसला अखाद्य भइसकेकाले अब नेपालमा पनि प्रतिवेदन नआएसम्म जोखिम नलिने बताए । हंङकंङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टबाट उत्पादित मसलामा किटनासक एथिनिल अक्साइड भेटिएको दावी गरेको थियो । साथै उसले यी कम्पनीबाट उत्पादित मसलाहरु प्रयोग नगर्न आम सर्वसाधारणसमक्ष आग्रह गरेको थियो । यस्तै सिंगापुरमा एभरेस्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको छ ।
एथिलिन अक्साइडले के असर गर्छ रु
एथिलिन अक्साइड एक रङहीन र ज्वलनशील ग्यास हो । यसको प्रयोग खासगरी कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, कीराबाट जोगाउन एथिलिन अक्साइड प्रयोग गरिन्छ । कतिपय स्वास्थ्य संगठनले कार्सिनोजेनले क्यान्सरको खतरा गराउन सक्ने बताएको छ ।