काठमाडौं । चार बर्ष अगाडि फागुन महिनाको एक बिहानै उनी नुहाउँदै थिइन् । देब्रे स्तनमा अस्वाभाविक गिर्खा भेटिए । एकछिन सोचिन्, यस्ता गिर्खा पहिले थिएनन्, के पलाएछ ? अन्योलतामा त्यो गिर्खा छामिरहिन् । तर, दुख्ने, घोच्ने वा बिजाउने केहि भएन । पेशाले उनी नर्स कतै यो क्यान्सरको लक्षण त होइन ? उनको मनमा चिसो पस्यो । बायोप्सी (मासुको टुक्रा) गराइन् । रिर्पोर्ट पोजेटिभ आयो ।
उनि अर्थात नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल । स्वास्थ्यकर्मी भएकाले क्यान्सर पहिचान गर्न उनलाई सहज भयो । त्यसैले पहिलो चरणमा नै क्यान्सर पहिचान भयो । उनले क्यान्सर थाहा पाएकोले तत्कालै शल्यक्रिया गरिन् । अहिले उनकोे स्तन नै फालिएको छ । अहिले सबै परिक्षणहरु सामान्य छन् ।
दिनचर्या
ब्यस्त छु । विहान ७ बजे घरबाट निस्कन्छु । बेलुका ७ बजे मात्र घर आइपुग्छु । रोग लाग्दा र नलाग्दा खेरीको व्यस्ततामा फरक छैन । अहिले झनै जिम्मेवारी थपिएको महसुस भइरहेको छ ।
उपचारमा अन्यौता
समाजमा निको नहुने भयानक रोगको रुपमा क्यान्सरलाई लिने गरिन्छ । आमालाई पनि पाठेघरमा क्यान्सर थियो । दोेस्रो पटक उनीमा पनि क्यान्सर देखियो।
आमा शल्यक्रिया पछि सक्रिय जिवन बिताईरहनु भएको थियो । मलाई पनि क्यान्सरको भएपछि परिवारमा सबै त्रसित थिए । तर समयमा नै उपचार गरे क्यान्सर निको हुन्छ भन्नेमा विश्वस्थ थिएँ । त्यसैले तत्काल नै शल्यक्रिया गर्ने निर्णय गरे । कुन अस्पतालमा जाने अन्योलता थियो । धेरैबाट उपचारका लागि विदेशमा जाने सल्लाह आयो । मलाई नेपालमा नै उपचार गर्ने मन थियो । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुझेँ । त्यहि शल्यक्रिया गर्ने निर्णय भयो । मेरो शल्यक्रिया सफल भयो ।
शल्यक्रिया पछिकको जीवन
शल्यक्रिया पछि केहि समय कमजोर भएको अनुभूति भएको थियो । आराम गरेर बस्न सकिन । शल्यक्रिया गरेको १० दिन पछि दैनिक क्रियाकलापको सुरुवात गरे । त्यतिबेला त्रि।वि नर्सिग कलेजमा प्राध्यापक थिए । स्नातकोत्तर तह परीक्षा नजिकिएको थियो । विद्यार्थीलाई आफ्नो जरुरत छ भन्ने लागेर अस्पताल जान सुरु गरे ।
क्यान्सरको समयमा उपचार गरे सक्रिय जिवन बाच्नँ सकिन्छ । बनको बाघ भन्दा मनको बाघ डरलाग्दो हुन्छ, त्यसैले हरेक व्यक्ति जीवनमा जस्तो परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्छ ।
क्यान्सर पछिको पुर्नजिवनले जिम्मेवारी थपिदिएको छ । आफ्नो सल्लाहमा धेरै क्यान्सर पीडितले पुनर्जिवन पाएका छन् । आर्थिक अभाबका कारण उपचारमा समस्या भएका बिरामीका लागि प्लाटफर्म खोजिदिने पनि गरेको छु ।
क्यान्सर उपचारको अवस्था
जीवन कति लामो छ कसैलाइ थाहा हुदैन । पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोगहरुले बिकराल रुप लिईरहेका छन् । यस्ता रोगहरुको उपचारका लागि नेपालमा नै उपयुक्त स्रोत साधन र जनशक्ति भएको अस्पतालहरु बनिसकेका छन् । स्वास्थ्यमा केहि गडबढि लाग्ने बित्तिकै अस्पताल जानुपर्छ ।
समयमै थाहा पाउन सकेमा सबै रोगको उपचार हुन्छ । हिजो एउटालाई लाग्यो, त्यहि रोग भोलि कसलाई लाग्छ थाहा छैन । हामी सचेत हुनुपर्छ, स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो ।
हामी कहाँ आत्तिने चलन छ, यदि कुनै रोग लागिहालेमा आत्तिनु हुदैन । मलाई अझै पनि पढेलेखेका मानिसहरुले अझै पनि तपाइ कस्तो हिड्न, बोल्न काम गर्न सक्ने भन्नुहुन्छ । अहिले क्यान्सर पिडितलाई मार्ग दर्शन गर्नुपर्ने अर्को जिम्मेवारी थपिएको छ ।
क्यान्सर पिडितलाई रोगी नभनौं
अरुले रोग लागे पनि हिड्न, बोल्न काम गर्न सक्नुहुन्छ भनेर मलाई नभनिदिए हुन्थ्यो जस्तो लाग्छ । उमेरले अशक्त भएको अवस्थामा गाडिमा सिट छोड्नु अलग कुरा हो । तर, तिमी विरामी हौ भनेर सिट छोडिदिनु मलाई त्यति राम्रो लाग्दैन । कसैले विरामीलाई विचरा भनेर सहानुभुति नदिए हुन्थ्यो जस्तो लाग्छ । कुनै पनि रोग छिटै उपचार गरेमा निको हुन सक्छ । क्यान्सर पनि समयमा उपचार गरे निको हुन्छ ।
जिवनका भोगाई
जिवन यात्रा हो । मेरो यात्रा वि।स। २०१३ साल, स्याङ्जाबाट सुरु भयो । सो यात्राले हाल काठमाडौमा निरन्तरता पाइरहेको छ । यात्राको क्रममा कहिले खुसिका बहार आए त कहिले दुखका आधिँ बेहेरी । परिस्थिति जस्तो भएपनि हिम्मत नहारी आफ्नो कर्मलाई निरन्तरता दिइरहे । त्यसैले लक्ष्यलाई सार्थक बनाउन सफल भए ।
जीवनमा लक्ष्य प्राप्तिका लागि कर्म गदै जानुपर्छ । कर्मको फल अवश्य मिल्नेछ । मेरो जन्म छोरिलाई पढ्न नपठाउने समाजमा भएको थियो । जिद्धि स्वभावका कारण मैले ९ बर्षको उमेरमा स्कुलको मुहार देख्न पाएँ ।
मैले ६ महिनामा २ कक्षा पास गरे । त्यसपछि बुटवल गएर पढाईलाई निरन्तरता दिए । कक्षा ४ मा पढ्दा नै विवाहको प्रस्ताव आयो । विवाहलाई अस्विकार गरि पढाईलाई निरन्तरता दिए ।
नर्सिङ बारे जानकारी नभए पनि साथिहरुको लह लहैमा लागेर नर्सिङ पढ्ने निर्णय गरेकी थिए । तर घरबाट छोरीलाई बाहिर पढ्न पठाउने वातावरण थिएन । बाबा आमालाई सम्झाएपछि पढ्न पठाउने निर्णय गर्नुभयो । अन्तत मैले नर्सिङ पढ्न सुरु गरे ।
थप अध्ययनको शिलशिलामा काठमाडौ आए । पढाई सगै काम सुरु गरे । काम गदै जादाँ पढाउने अफर आयो । नर्सिग कलेजमा पढाउन सुरु गरे । पछि कार्यलय प्रमुखको रुपमा समेत काम गर्ने अवसर मिल्यो । अहिले नर्सिङ संघको अध्यक्षको कार्यभार सम्हालिरहेको छु ।
नर्सिङ संघको अध्यक्षको कार्यभार
अहिले नेपाल नर्सिङ संघको अध्यक्ष भएर नर्सहरु माथि भएका शारिरिक एवं मानसिक शोषणका बिरुद्ध आवाज उठाइरहेको छु ।
भुइचालोमा नर्सहरुले गाउँगाउमा गएर सेवा दिएका थिए । जसका कारण नेपाली नर्सहरुले अमेरिकाबाट रिक्स अवार्ड हासिल गरे । यो विश्वमा पहिलो पटक नेपालले पाएको हो । सो अवार्ड १ करोड ३९ लाखको थियो । त्यहि रकमले विपद् व्यवस्थापन गर्ने नर्स तयार भइरहेको छ ।
कस्तो अवस्थामा क्यान्सर
पेट दुखिराख्छ, कब्जियत हुन्छ, छातिमा गाठा गुठि माशु पलाउँछ । महिनावारी रोकिएपछि रगत बग्छ। कोठिको आकार र रङ्गमा परिर्वतन आएको छ भने क्यान्सरको जोखिम हुन्छ ।
सपनाहरु साकार
हरेक मानिसको छुटा छुटै लक्ष्य हुन्छ । लक्ष्य अनुरुप गन्तव्य पनि फरक हुन्छ । कत्तिले आफ्नो लक्ष्य प्राप्ति गर्छन त कति गतव्यमा पुग्न सक्दैन्न । तर मैले आप्mनो लक्ष्य पुरा गरे । नर्सिङको पढाइ सुरु गरेर मास्टर नेपालमै गरेँ । आफ्नो छोराछोरीलाई पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाएँ ।
आगामी योजना
जीवनमा कसैलाई हानी पु¥याउनु हुँदैन । हाम्रो मृत्यु निश्चित छ, बाचुञ्जेल राम्रो काम गर्नुपर्छ । त्यसैले अबको बाकिँ जीवन सक्रिय रुपमा बिताउन चाहान्छु । क्यान्सरबारे जनचेतना फैलाउने कार्यक्रम गर्न मन छ ।
अहिले सम्म आफ्नो लागि मात्र गरेँ अब असहायको लागि केहि गर्न चाहन्छु । त्यस्तो काम गर्ने मौका मिलेमा जीवन सार्थक हुने थियो ।
(तारा पोखरेलसँगको कुराकानीमा आधरित )